News Portal

एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

२९८ पटक

अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सँग सहकार्य गर्ने भएको छ।

हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्ष श्रेष्ठको सम्मानमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्वागत कार्यक्रम आयोजना गर्न लागिएको हो।

एनआरएनए मेरिल्याण्ड च्याप्टरको सहयोगमा एनआरएनए एनसीसी अमेरिकाले यही शुक्रबार (२० जुन) साँझ ७ बजे एक बृहत् स्वागत तथा अन्तरक्रिया कार्यक्रम राखेको छ।

उक्त स्वागत कार्यक्रममा सहभागी हुन एनसीसी अमेरिकाले नेपाली संघसंस्थाका अध्यक्ष, पदाधिकारीहरू, समाजसेवी, व्यवसायी तथा एनआरएन अभियन्ताहरूलाई आमन्त्रण गरेको एनसीसी अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले जानकारी दिए।

गत मे ३ र ४ गते काठमाडौंमा आयोजित एनआरएनएको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति (आइसीसी) निर्विरोध निर्वाचित भएको थियो। अध्यक्षमा निर्वाचित भए यता श्रेष्ठको यो पहिलो अमेरिका भ्रमण हो।

यसअघि गत आइतबार अध्यक्ष श्रेष्ठको स्वागतमा टेक्सासमा पनि एक कार्यक्रम आयोजना गरिएको थियो। अमेरिका निवासी एनआरएनए आइसीसीका उपाध्यक्ष सुनील साहको संयोजनमा आयोजित उक्त अन्तरक्रियामा ड्यालसस्थित विभिन्न नेपाली संघसंस्थाका पदाधिकारी तथा एनआरएन अभियन्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

यसैगरी, सान फ्रान्सिस्कोमा पनि अध्यक्ष श्रेष्ठको सम्मानमा कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...