News Portal

स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, कांग्रेसका वडाध्यक्ष फरार

३९८ पटक

स्याङ्जा, असार ४ – आँधीखोला दोहनविरुद्ध आवाज उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतामाथि नेकाँबाट निर्वाचित वडाध्यक्षले आक्रमण गरेपछि स्याङ्जामा तनाब सिर्जना भएको छ। आक्रमणमा संलग्न भनिएका वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनाल हालसम्म फरार छन्।

मंगलबार साँझ रास्वपाका केन्द्रीय सदस्य मेघ आले र स्थानीय नेता दिनकर नेपालमाथि वडाध्यक्ष खनालले लाठी र रड प्रहार गरेका थिए। आँधीखोलामा भइरहेको अवैध उत्खननविरुद्ध संघर्ष समिति गठन गरेर फर्किंदै गर्दा उनीहरू वालिङ–९ को सुर्कौंदीमा आक्रमणमा परेका थिए।

रास्वपाका स्थानीय नेता दिनकर नेपालले घटनाबारे बताउँदै भने, ‘‘पहिले धम्की दिएर गएको थियो, पछि बाटो छेकेरै आक्रमण गर्‍यो। मैले हातले रड रोकेको हुँ, हातमा चोट लाग्यो, हेल्मेट भएकाले ज्यान बाँच्यो।’’

घटनापछि पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी प्रशन्नराज चौधरीले आरोपी खनाललाई खोजी कार्य तीव्र पारिएको जानकारी दिए। ‘‘उहाँ सम्पर्कमा छैनन्। स्थानीय प्रहरी परिचालन भइसकेको छ, खोजी भइरहेका छ,’’ डिएसपी चौधरीले हिमाली सञ्चारसँग भने।

प्रहरी टोली मंगलबार नै वडाध्यक्ष खनालको घर पुगेको थियो। तर उनी घरमा नभेटिएपछि आफन्तसँग सम्पर्क गरिएको थियो। खनालको व्यक्तिगत मोबाइल स्विच अफ भए पनि अफिसियल नम्बर भने बुधबार बिहानसम्म लागिरहेकै प्रहरीले जनाएको छ।

घटनाबारे थप छलफल गर्न वालिङ नगरपालिकामा बुधबार बिहान बैठक बसेको छ। नगर प्रवक्ता पदमराज गुरुङले घटनाबारे विस्तृत जानकारी संकलन भइरहेकाले निर्णय दिन ढिला हुन सक्ने बताए। ‘‘केही कुरा खुलेका छैनन्, नगरस्तरमा छलफल चलिरहेको छ,’’ गुरुङको भनाइ छ।

यसैबीच, आँधीखोला दोहनविरुद्ध आवाज उठाउँदै आएका अभियन्ताहरूले मंगलबार तीन बुँदे मागसहित संघर्ष समिति गठन गरेका छन्। उनीहरूको मागमा जिल्लाभर नदीजन्य पदार्थ उत्खननका लागि स्पष्ट नीति बनाउने, उत्खननसम्बन्धी सम्पूर्ण दस्तावेज सार्वजनिक गर्ने र जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गर्ने विषय प्रमुख छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...