News Portal

एनसीसीको चुनाव बढीमा ६ महिनासम्म सार्न सकिने एनआरएनएको निर्णय (पत्रसहित)

३१२ पटक

काठमाडौँ, असार ३ — गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट परिस्थितिका कारण राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले आफ्नो निर्वाचन बढीमा ६ महिनासम्म सार्न सक्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको परमादेश बमोजिम गत मे ३ र ४ गते काठमाडौंमा आयोजित एकता महाधिवेशनद्वारा निर्वाचित एनआरएनए आइसीसीका पदाधिकारीहरूको चौथो बैठकले उक्त निर्णय गरेको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए।

एनआरएनए आइसीसीका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामाले संघसँग आबद्ध सबै एनसीसीहरूलाई पत्र पठाउँदै एनआरएनए उच्चस्तरीय समितिले सर्वोच्च अदालतकै परमादेश अनुसार सम्पन्न संघको अधिवेशन र त्यसपछि उब्जिएका केही अन्यौलताका कारण एनसीसीहरूलाई तोकिएको समयसीमाभित्र निर्वाचन गर्न कठिन हुन सक्ने कुरालाई बुझेर चौथो पदाधिकारी बैठकले आवश्यकता अनुसार बढीमा ६ महिनासम्म निर्वाचन सार्न सकिने निर्णय गरेको जानकारी गराएका छन्।

“हामीलाई विश्वास छ कि यो निर्णयले संस्थालाई एकताबद्ध गरी स्वतन्त्र र समावेशी निर्वाचनको तयारी गर्न पर्याप्त समय दिनेछ। तसर्थ, विधानले तोकिएको मिति जुलाई १ देखि जुलाई ३१ भित्र निर्वाचन गर्न असमर्थ एनसीसीहरूले जुलाई ३१ बाट बढीमा ६ महिना नबढ्ने गरी निर्वाचन गर्न सक्नेछन्,” पत्रमा उल्लेख छ।

यसबारे कुनै जिज्ञासा भएमा पदाधिकारीहरूलाई सम्पर्क गर्न एनआरएनए आइसीसीले सबै एनसीसीहरूलाई आग्रह गरेको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...