News Portal

भक्तपुरमा दुई दिनदेखि बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिए

२४१ पटक

भक्तपुर, असार ३ – भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित खोरिया गणेशस्थान मन्दिर नजिकैको धान खेतमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृतक खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ घर भएका ५५ वर्षीय काशीनाथ गेलाल हुन्।

गेलाल काठमाडौंको खुलालटारमा डेरा गरी बस्दै आएका थिए। उनी समय–समयमा घरपरिवारसँग सम्पर्कविहीन हुने गरेका थिए। दुई दिनअघि घरबाट निस्किएपछि उनी परिवारको सम्पर्कमा थिएनन्।

सोमबार बिहान स्थानीय बासिन्दाले खेतमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनामा कुनै शंकास्पद पक्ष देखिएको छैन। यद्यपि, घटनाको पूर्ण स्पष्टताका लागि शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरी स्रोतले जनाएको छ।

पूरा विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...