News Portal

सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ गृहमन्त्रीसँग भेट, पीडा सुनाउँदै भावुक

३३७ पटक

काठमाडौं, असार ३ – केही समयदेखि सम्पर्कविहीन रहेका डाक्टर केशव श्रेष्ठ अन्ततः गृहमन्त्री रमेश लेखकसँग भेट भएका छन्। मंगलबार बिहान भैँसेपाटीस्थित मन्त्री निवासमा उनलाई बोलाएर गृहमन्त्री लेखकले भेट गरेका हुन्।

सामाजिक सञ्जालमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन बनेका डाक्टर श्रेष्ठको खोजीका लागि गृहमन्त्रीले आफैं निर्देशन दिएका थिए। भेटघाटका क्रममा मन्त्री लेखकले सिधा प्रश्न गरे— ‘के भएको हो तपाईंलाई? किन यस्तो लेख्नु पर्‍यो?’

त्यसपछि डाक्टर श्रेष्ठले आफ्नो मनभित्र थुनिएको पीडा पोख्न थाले। जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरिरहेको बेला आफूमाथि झुटा आरोप लगाइएको, त्यसकै आधारमा स्पष्टिकरण मागिएको र अन्ततः सरुवा गरिदिएको भन्दै उनले आफ्ना दुःखहरू सुनाए।

डाक्टर श्रेष्ठ सम्पर्कविहीन भएपछि प्रहरी प्रशासन सतर्क बनेको थियो। उनको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन गरिएको थियो। लामो खोजीपछि सोमबार दिउँसो करिब २ बजेतिर उनी काठमाडौंको बालाजुस्थित एक रिसोर्टमा फेला परेका थिए।

सोमबार बिहान सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेपछि सुरु भएको घटनाक्रम मंगलबार मन्त्री लेखक र डाक्टर श्रेष्ठबीचको भेटघाटसँगै केही सहज बन्दै गएको छ। तर डाक्टर श्रेष्ठले आफूमाथि लागेको आरोप र त्यसपछिको मानसिक अवस्थाबारे अझै गहिरो रूपमा सार्वजनिक नगरेका कारण घटनाको पूर्ण पृष्ठभूमि भने बाहिर आइसकेको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...