News Portal

सुनचाँदीको मूल्यमा गिरावट

२९६ पटक

नेपालको सुनचाँदी बजारमा मंगलबार एकैदिन उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले घटाएर १ लाख ९५ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ९५ हजारमा झरेको हो।

यसअघि वैशाख ९ गते सुनले प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य मानिन्छ। त्यसयता सुनको मूल्य उतारचढावमै रहेकोमा मंगलबार भने मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।

सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...