News Portal

सुनचाँदीको मूल्यमा गिरावट

१९० पटक

नेपालको सुनचाँदी बजारमा मंगलबार एकैदिन उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले घटाएर १ लाख ९५ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ९५ हजारमा झरेको हो।

यसअघि वैशाख ९ गते सुनले प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य मानिन्छ। त्यसयता सुनको मूल्य उतारचढावमै रहेकोमा मंगलबार भने मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।

सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...