News Portal

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

हिमालीसंचार संवाददाता
१५८ पटक

नेपाली सुनचाँदी बजारमा मंगलबार उल्लेखनीय मूल्यवृद्धि भएको छ। लगातार दोश्रो दिन मूल्यमा देखिएको उकालो यात्राले बजारमा तरंग ल्याएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा जारी जानकारी अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला १,९२,७०० रूपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २,९०० रूपैयाँले बढी हो। याद रहोस्, सोमबार पनि सुनको मूल्यमा १,००० रूपैयाँको वृद्धि देखिएको थियो। दुई दिनमा सुनको भाउ ३,९०० रूपैयाँले बढिसकेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार फेरि उकालो लाग्दै २,०४५ रूपैयाँ प्रति तोला पुगेको छ। सोमबार चाँदी १,९९० रूपैयाँ मा कारोबार भएको थियो। यसरी, चाँदीको मूल्य एकैदिनमा ५५ रूपैयाँले बढेको हो।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...