News Portal

  • आज राजावादी समूहको प्रदर्शन स्थगित, कमलादीमा दीप प्रज्वलन कार्यक्रम

    हिमालीसंचार संवाददाता
    १५९ पटक

    काठमाडौं, जेठ १९ – राजसंस्थाको समर्थनमा सक्रिय संयुक्त जनआन्दोलन समितिले आजको लागि तय गरिएको प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा सोमबारलाई ‘शोकको दिन’ घोषणा गर्दै कुनैपनि जुलुस, धर्ना वा नाराबाजी नगर्ने जानकारी दिइएको छ।

    विज्ञप्तिमा उल्लेख गरिएअनुसार, दिवङ्गत राजपरिवारका सदस्यहरूको सम्झनामा नेपाली जनताको मन अझै पीडामा रहेको र यस्ता घडीमा आन्दोलनात्मक कार्यक्रम गर्नु उचित नहुने निष्कर्ष समितिले निकालेको छ।

    यद्यपि, दिवङ्गत आत्माहरूको चिर शान्तिको कामनासहित आज साँझ ६ बजे काठमाडौंको कमलादीस्थित गणेशस्थानमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिने समितिले जनाएको छ। सो कार्यक्रममा राजसंस्थाप्रति आस्था राख्ने सम्पूर्ण नेपालीलाई उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न समिति आग्रह गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...