News Portal

मनपरी भाडाले थिचियो यात्रु: सवारी बन्दको मौका छोपेर राइड सेयरिङमा दोहन

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौं, जेठ १९ – सार्वजनिक सवारी साधन बन्द हुँदा यात्रुहरु वैकल्पिक माध्यम रोज्न बाध्य छन्। तर, यही परिस्थितिलाई लाभको अवसर ठानेर राइड सेयरिङ सेवामा संलग्न केही चालकहरूले यात्रुहरूमाथि मनपरी भाडा असुल्न थालेका छन्।

सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा कानुनी रूपमा स्वीकृत गरेपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित छन्। आन्दोलनका क्रममा सोमबार देशभरका कालो नम्बर प्लेटका सार्वजनिक गाडीहरु सडकमै ननिस्कने निर्णयपछि यात्रुहरू बिचल्लीमा परेका छन्।

सामान्य गन्तव्यमा समेत चर्को भाडा देखिन थालेको यात्रुहरू बताउँछन्। थापागाउँबाट बुद्धनगरसम्म पुग्न करिब नौ बजेतिर हेर्दा मोटरसाइकलको भाडा २२० रुपैयाँ देखिएको थियो। यस्तै, ट्याक्सीको भाडा ७०० रुपैयाँ नाघेको र विशेष सेवा दिने ट्याक्सीमा ८०० रुपैयाँभन्दा बढी मागिएको देखिएको छ।

साधारण दिनहरूमा १५० रुपैयाँसम्म देखाउने राइड सेयरिङ एपले अहिले ३ सयदेखि ४ सय रुपैयाँभन्दा कम नदेखाउने गुनासो यात्रुहरूबाट सुनिएको छ। एक यात्रुको भनाइमा, “हिजोको तुलनामा आज दुईगुना बढी भाडा देखिन्छ, तर विकल्प नभएपछि बाध्यतावश तिर्नु परेको छ।”

यता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने राइड सेयरिङमार्फत भाडामा मनपरी गर्नेहरूमाथि निगरानी बढाएको जनाएको छ। प्रहरी उपरीक्षक दीपक गिरी भन्छन्, “हामीले स्थलगत अनुगमन टोली खटाएका छौं। यदि कसैले तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा कारबाही गरिनेछ।”

सरकार र व्यवसायीबीचको विवादको सीधा असर जनतामाथि परेको छ। न सार्वजनिक सवारी सहज, न त राइड सेयरिङ विश्वासिलो। एकातिर आन्दोलन, अर्कातिर मनपरी भाडा — सर्वसाधारणको यात्रा फेरि पनि बोझिलो बनेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...