News Portal

जुत्ता तथा चप्पल निर्माण तालिम सम्पन्न

रबिन्द्र बराल
१६५ पटक

मोरङ, जेठ १७ – “महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ रङ्गेली नगरपालिकाले महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरेको एक महिने जुत्ता तथा चप्पल निर्माण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

वैशाख १५ गतेदेखि जेष्ठ १५ गतेसम्म रङ्गेली–२ स्थित लक्ष्मीपुरमा सञ्चालन गरिएको उक्त तालिममा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिम रंगेली नगरपालिकाको आर्थिक सहयोग तथा मनकामना स्किल डेभलपमेन्ट एण्ड ट्रेनिङ सेन्टर प्रा.लि. को आयोजनामा सम्पन्न भएको हो।

तालिममा प्रशिक्षकको रूपमा रिता कुमारी पाण्डेले सहभागी महिलाहरूलाई दक्ष बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

समापन कार्यक्रममा उप–प्रमुख भुमा पराजुली, मनकामना स्किल डेभलपमेन्ट एण्ड ट्रेनिङ सेन्टरकी कमला न्यौपाने, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

एक महिनाको जुत्ता निर्माण तथा मर्मत तालिम पश्चात सहभागी महिलाहरूलाई व्यवसाय सुरु गर्न प्रोत्साहनस्वरूप उप–प्रमुख भुमा पराजुलीद्वारा मेसिन, फर्मा, औजार, तथा अन्य आवश्यक उपकरणहरू हस्तान्तरण गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...