News Portal

जुत्ता तथा चप्पल निर्माण तालिम सम्पन्न

रबिन्द्र बराल
२२० पटक

मोरङ, जेठ १७ – “महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ रङ्गेली नगरपालिकाले महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरेको एक महिने जुत्ता तथा चप्पल निर्माण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

वैशाख १५ गतेदेखि जेष्ठ १५ गतेसम्म रङ्गेली–२ स्थित लक्ष्मीपुरमा सञ्चालन गरिएको उक्त तालिममा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिम रंगेली नगरपालिकाको आर्थिक सहयोग तथा मनकामना स्किल डेभलपमेन्ट एण्ड ट्रेनिङ सेन्टर प्रा.लि. को आयोजनामा सम्पन्न भएको हो।

तालिममा प्रशिक्षकको रूपमा रिता कुमारी पाण्डेले सहभागी महिलाहरूलाई दक्ष बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

समापन कार्यक्रममा उप–प्रमुख भुमा पराजुली, मनकामना स्किल डेभलपमेन्ट एण्ड ट्रेनिङ सेन्टरकी कमला न्यौपाने, जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

एक महिनाको जुत्ता निर्माण तथा मर्मत तालिम पश्चात सहभागी महिलाहरूलाई व्यवसाय सुरु गर्न प्रोत्साहनस्वरूप उप–प्रमुख भुमा पराजुलीद्वारा मेसिन, फर्मा, औजार, तथा अन्य आवश्यक उपकरणहरू हस्तान्तरण गरिएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...