News Portal

यसपालि मनसुन छिटो भित्रिने, औसतभन्दा बढी वर्षाको सम्भावना

हिमालीसंचार संवाददाता
१८१ पटक

काठमाडौं, जेठ १४ – यो वर्ष नेपालमा मनसुन अपेक्षाभन्दा केही अगावै भित्रिने मौसम विज्ञहरूको आकलन छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार आगामी जेठ १७ गतेभित्रै मनसुन नेपाल भित्रिसक्ने सम्भावना बलियो रहेको जनाएको छ।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार भारतको आसाम, भुटान, र बङ्गलादेशका पूर्वी क्षेत्रहरूमा मनसुन प्रवेश गरिसकेको छ। भूउपग्रह तस्बिर, वायुमण्डलीय डाटा र अन्य मौसमीय सूचनाका आधारमा मनसुन अब केही दिनमै नेपालको पूर्वी भेग हुँदै भित्रिने स्पष्ट संकेत देखिएको छ।

सामान्यतया देशमा मनसुन जेठको अन्तिम साता—झण्डै ३० गतेतिर प्रवेश गर्ने गरे पनि, यसपटक त्यसभन्दा झण्डै दुई साता अगावै सक्रिय हुने आँकलन गरिएको छ। यो परिवर्तनले विशेषगरी कृषिक्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान छ, तर अर्कोतर्फ पूर्वाधार निर्माण, सडक सुरक्षा, तथा बाढीपहिरोको सम्भावित जोखिमप्रति सावधानी अपनाउनुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ।

यस वर्ष मनसुन अवधिभर मुलुकभर वार्षिक औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको मौसम विभागको पूर्वानुमान छ। यसले धान रोपाइँदेखि जलाशय भरिनेसम्मका कामलाई सघाउनेछ, तर अत्यधिक वर्षाका कारण जनजीवनमा असर पर्ने अवस्था पनि सिर्जना हुनसक्ने विज्ञहरू चेतावनी दिन्छन्।

मौसमविद्हरूले यस्तो परिस्थितिमा सम्बन्धित निकाय, स्थानीय प्रशासन तथा सर्वसाधारणलाई समयमै तयारी गर्न र सावधानी अपनाउन सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...