News Portal

यसपालि मनसुन छिटो भित्रिने, औसतभन्दा बढी वर्षाको सम्भावना

हिमालीसंचार संवाददाता
२४५ पटक

काठमाडौं, जेठ १४ – यो वर्ष नेपालमा मनसुन अपेक्षाभन्दा केही अगावै भित्रिने मौसम विज्ञहरूको आकलन छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार आगामी जेठ १७ गतेभित्रै मनसुन नेपाल भित्रिसक्ने सम्भावना बलियो रहेको जनाएको छ।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार भारतको आसाम, भुटान, र बङ्गलादेशका पूर्वी क्षेत्रहरूमा मनसुन प्रवेश गरिसकेको छ। भूउपग्रह तस्बिर, वायुमण्डलीय डाटा र अन्य मौसमीय सूचनाका आधारमा मनसुन अब केही दिनमै नेपालको पूर्वी भेग हुँदै भित्रिने स्पष्ट संकेत देखिएको छ।

सामान्यतया देशमा मनसुन जेठको अन्तिम साता—झण्डै ३० गतेतिर प्रवेश गर्ने गरे पनि, यसपटक त्यसभन्दा झण्डै दुई साता अगावै सक्रिय हुने आँकलन गरिएको छ। यो परिवर्तनले विशेषगरी कृषिक्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान छ, तर अर्कोतर्फ पूर्वाधार निर्माण, सडक सुरक्षा, तथा बाढीपहिरोको सम्भावित जोखिमप्रति सावधानी अपनाउनुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ।

यस वर्ष मनसुन अवधिभर मुलुकभर वार्षिक औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको मौसम विभागको पूर्वानुमान छ। यसले धान रोपाइँदेखि जलाशय भरिनेसम्मका कामलाई सघाउनेछ, तर अत्यधिक वर्षाका कारण जनजीवनमा असर पर्ने अवस्था पनि सिर्जना हुनसक्ने विज्ञहरू चेतावनी दिन्छन्।

मौसमविद्हरूले यस्तो परिस्थितिमा सम्बन्धित निकाय, स्थानीय प्रशासन तथा सर्वसाधारणलाई समयमै तयारी गर्न र सावधानी अपनाउन सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...