News Portal

बसुन्धरामा स्कुटरको ठक्करले १८ वर्षीया किशोरीको गयो ज्यान

हिमालीसंचार संवाददाता
१९५ पटक

काठमाडौं, जेठ १२ – राजधानी काठमाडौंको बसुन्धरामा आज बिहान एक मार्मिक दुर्घटनाले एक किशोरीको ज्यान लिएको छ। सवारीसाधनको बेतरतीब चाप र लापरवाहीपूर्ण चालक व्यवहारका कारण फेरि एक निर्दोषको जीवन असामयिक रूपमा समाप्त भएको हो।

काठमाडौं महानगरपालिका–३ अन्तर्गत बसुन्धरा सडक खण्डमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदल यात्रु ठक्कर दिँदा, स्कुटरमा सवार १८ वर्षीया मनिसा परियार गम्भीर घाइते भइन्। महोत्तरी स्थायी घर भई हाल चाबहिलमा बस्दै आएकी परियारको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ठक्कर खाएर घाइते भएका पैदलयात्रीको समेत सोही अस्पतालमा उपचार भइरहेको छ। घटनापछि स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...