News Portal

  • बसुन्धरामा स्कुटरको ठक्करले १८ वर्षीया किशोरीको गयो ज्यान

    हिमालीसंचार संवाददाता
    १२८ पटक

    काठमाडौं, जेठ १२ – राजधानी काठमाडौंको बसुन्धरामा आज बिहान एक मार्मिक दुर्घटनाले एक किशोरीको ज्यान लिएको छ। सवारीसाधनको बेतरतीब चाप र लापरवाहीपूर्ण चालक व्यवहारका कारण फेरि एक निर्दोषको जीवन असामयिक रूपमा समाप्त भएको हो।

    काठमाडौं महानगरपालिका–३ अन्तर्गत बसुन्धरा सडक खण्डमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदल यात्रु ठक्कर दिँदा, स्कुटरमा सवार १८ वर्षीया मनिसा परियार गम्भीर घाइते भइन्। महोत्तरी स्थायी घर भई हाल चाबहिलमा बस्दै आएकी परियारको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा ठक्कर खाएर घाइते भएका पैदलयात्रीको समेत सोही अस्पतालमा उपचार भइरहेको छ। घटनापछि स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...