News Portal

लामिछाने–जोशी प्रकरण : अदालतमा बहस सम्पन्न, आजै निर्णय आउने संकेत

हिमालीसंचार संवाददाता
१६३ पटक

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी विरुद्ध दायर मुद्दामा शुक्रबार भएको सुनुवाइ सकिएको छ। जाहेरवाला र प्रतिवादी पक्षका कानुनी प्रतिनिधिहरूबीच घन्टौं लामो बहसपछि अब अदालतले आदेश लेख्न थालिसकेको छ। स्रोतका अनुसार सोही आदेश आजै सार्वजनिक हुने प्रबल सम्भावना छ।

शुक्रबारको सुनुवाइमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र अधिवक्ता रामचन्द्र आरसी गौतमले कानूनगत तर्कहरू प्रस्तुत गरे। तिनका बहसलाई प्रतिवादी पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले रवि लामिछानेको तर्फबाट जवाफ दिए भने अधिवक्ता सतीषकृष्ण खरेलले छविलाल जोशीको पक्षबाट कानुनी बचाउ गरे।

कानूनी प्रक्रिया पूरा भएसँगै अब अदालतको आदेश प्रतीक्षामा सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...