News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रहरी नै सुरक्षित छैन भने, जनता कसरी सुरक्षित हुने? चर्किएको भवनमा बस्न बाध्य नेपाल प्रहरी

    रबिन्द्र बराल
    ४१ पटक

    मोरङ, जेठ ९ – ईलाका प्रहरी कार्यालय रंगेलीअन्तर्गत रहेको दौँमनाका प्रहरी भवन विगत लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ। बजारको मुख्य भागमा अवस्थित यो कार्यालयले विगत ३४ वर्षदेखि क्षेत्रका जनताको जिउधनको सुरक्षाका लागि अहोरात्र सेवा दिँदै आएको छ। तर, जनताको सुरक्षाका लागि खटिने प्रहरी स्वयं असुरक्षित महसुस गर्न बाध्य छन्।

    सुरक्षा प्रदान गर्ने प्रहरीहरू नै आफू बसेको भवनको जीर्णताका कारण त्रासमा बाँच्नुपरेको गुनासो गर्छन्। एक प्रहरीका अनुसार, “पुरानो भवनको छत हेर्दा डर लाग्छ—कतिखेर सुतिरहेको बेला खसेर ज्यानै लिने हो भन्ने चिन्ता लागिरहन्छ।” प्रहरीहरू भन्छन्, “केही भन्न मन लाग्छ, तर आज बोलियो भने भोलि स्पष्टीकरण दिनुपर्छ। त्यसैले कसलाई सुनाउने, कसलाई गुनासो गर्ने, अन्योल छ।”

    ३४ वर्षमा कति सरकार, कति मन्त्री फेरिए, तर प्रहरीको अवस्था उस्तै रह्यो। कार्यालय भवन भने समयानुकूल मर्मतसम्भार नहुँदा अहिले झनै जीर्ण बनेको छ।

    स्थानीय जय प्रकाश पोखरेलले ३४ वर्षअघि प्रहरीचौकीका लागि १ कठ्ठा ६ धुर जग्गा दान दिएका थिए। त्यसपछि स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको पहलमा उक्त स्थानमा प्रहरीचौकी निर्माण गरिएको थियो। वि.सं. २०४१ पुस ९ गते गाेपालमान राज भण्डारीद्वारा शिलान्यास गरिएको सो भवन २०४८ चैत २० गते तत्कालीन प्रहरी नायब निरीक्षक ध्रुव बहादुर प्रधानद्वारा उद्घाटन गरिएको थियो।

    हाल प्रदेश सरकारले ५१ लाख रुपैयाँको लागतमा नयाँ प्रहरी भवन निर्माणको योजना अघि बढाएको छ। तर त्यो योजना कार्यान्वयनमा आउँदासम्मको समय अझै अनिश्चित छ।

    हाल इलाका प्रहरी दौँमनाले दौँमन, बनकोल, फर्सीडाँगी, बेलचोक, दर्वेशा, बटरवारी लगायतका क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हालिरहेको छ। पहिले २३ जनाको दरबन्दी रहेको कार्यालयमा हाल असईको कमाण्डमा जम्मा ७ जना मात्र प्रहरी खटिएका छन्।

    एकतले पक्की भवनको छत वर्षौंदेखि चर्किएको छ। सामान्य पानी पर्दा पनि चुहिने, पलस्तर झर्ने, र प्रहरीहरू ज्यान जोखिममा राखेर बस्न बाध्य छन्।

    यस्तो अवस्थामा, प्रहरी नै सुरक्षित छैन भने जनताले सुरक्षाको अपेक्षा कसरी राख्ने?

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...

    लामिछाने–जोशी प्रकरण : अदालतमा बहस सम्पन्न, आजै निर्णय आउने संकेत

    काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक...

    होटल व्यवसायमा सहजता : अब राति ११ बजेसम्म चहलपहल कायम रहने

    काठमाडौं, जेठ ९ – काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूले अब राति ११ बजेसम्म...