News Portal

प्रहरी नै सुरक्षित छैन भने, जनता कसरी सुरक्षित हुने? चर्किएको भवनमा बस्न बाध्य नेपाल प्रहरी

रबिन्द्र बराल
२२७ पटक

मोरङ, जेठ ९ – ईलाका प्रहरी कार्यालय रंगेलीअन्तर्गत रहेको दौँमनाका प्रहरी भवन विगत लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ। बजारको मुख्य भागमा अवस्थित यो कार्यालयले विगत ३४ वर्षदेखि क्षेत्रका जनताको जिउधनको सुरक्षाका लागि अहोरात्र सेवा दिँदै आएको छ। तर, जनताको सुरक्षाका लागि खटिने प्रहरी स्वयं असुरक्षित महसुस गर्न बाध्य छन्।

सुरक्षा प्रदान गर्ने प्रहरीहरू नै आफू बसेको भवनको जीर्णताका कारण त्रासमा बाँच्नुपरेको गुनासो गर्छन्। एक प्रहरीका अनुसार, “पुरानो भवनको छत हेर्दा डर लाग्छ—कतिखेर सुतिरहेको बेला खसेर ज्यानै लिने हो भन्ने चिन्ता लागिरहन्छ।” प्रहरीहरू भन्छन्, “केही भन्न मन लाग्छ, तर आज बोलियो भने भोलि स्पष्टीकरण दिनुपर्छ। त्यसैले कसलाई सुनाउने, कसलाई गुनासो गर्ने, अन्योल छ।”

३४ वर्षमा कति सरकार, कति मन्त्री फेरिए, तर प्रहरीको अवस्था उस्तै रह्यो। कार्यालय भवन भने समयानुकूल मर्मतसम्भार नहुँदा अहिले झनै जीर्ण बनेको छ।

स्थानीय जय प्रकाश पोखरेलले ३४ वर्षअघि प्रहरीचौकीका लागि १ कठ्ठा ६ धुर जग्गा दान दिएका थिए। त्यसपछि स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको पहलमा उक्त स्थानमा प्रहरीचौकी निर्माण गरिएको थियो। वि.सं. २०४१ पुस ९ गते गाेपालमान राज भण्डारीद्वारा शिलान्यास गरिएको सो भवन २०४८ चैत २० गते तत्कालीन प्रहरी नायब निरीक्षक ध्रुव बहादुर प्रधानद्वारा उद्घाटन गरिएको थियो।

हाल प्रदेश सरकारले ५१ लाख रुपैयाँको लागतमा नयाँ प्रहरी भवन निर्माणको योजना अघि बढाएको छ। तर त्यो योजना कार्यान्वयनमा आउँदासम्मको समय अझै अनिश्चित छ।

हाल इलाका प्रहरी दौँमनाले दौँमन, बनकोल, फर्सीडाँगी, बेलचोक, दर्वेशा, बटरवारी लगायतका क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हालिरहेको छ। पहिले २३ जनाको दरबन्दी रहेको कार्यालयमा हाल असईको कमाण्डमा जम्मा ७ जना मात्र प्रहरी खटिएका छन्।

एकतले पक्की भवनको छत वर्षौंदेखि चर्किएको छ। सामान्य पानी पर्दा पनि चुहिने, पलस्तर झर्ने, र प्रहरीहरू ज्यान जोखिममा राखेर बस्न बाध्य छन्।

यस्तो अवस्थामा, प्रहरी नै सुरक्षित छैन भने जनताले सुरक्षाको अपेक्षा कसरी राख्ने?

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...