News Portal

  • लोडसेडिङ अन्त्यमा कुलमानको भूमिका ऐतिहासिक : प्रचण्ड

    हिमालीसंचार संवाददाता
    १६३ पटक

    काठमाडौं, जेठ ८ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यको श्रेय आफूले नेतृत्व गरेको इमान्दार प्रयास र कुलमान घिसिङको दक्ष व्यवस्थापनलाई दिएका छन्।

    बागलुङको गलकोटमा आयोजित मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गतको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले आफू दोस्रोपटक प्रधानमन्त्री बनेपछि विद्युत संकट समाधानलाई प्रमुख एजेन्डा बनाएको स्मरण गरे।

    ‘त्यसबेला देश अन्धकारमा डुबेको थियो। बालबालिकाले टुकीको उज्यालोमा पढ्नुपर्थ्यो, उद्योग व्यवसाय चौपट थिए,’ उनले भने, ‘मैले त्यसबेला निर्णय लिएँ– अब यो समस्या सकिनेछ। इमान्दार नेतृत्व र इच्छाशक्ति हुँदामात्र यस्तो सम्भव हुन्छ भनेर कुलमान घिसिङलाई ल्याएको हुँ।’

    उनले कुलमान घिसिङले विद्युत प्राधिकरणको जिम्मेवारी सम्हाल्नेबित्तिकै लोडसेडिङ अन्त्य मात्रै नभई प्राधिकरणलाई नाफामा लैजान सफल भएको दाबी गरे।

    ‘१७–१८ घण्टासम्म लोडसेडिङ भइरहँदा हामी कस्तो संकटमा थियौं भन्ने स्मरण गर्नुस्,’ प्रचण्डले भने, ‘तर कुलमानको इमान्दार कार्यशैली र दक्षताका कारण त्यो संकट केही महिनामै समाधान भयो। विद्युत प्राधिकरण नाफामा जान थाल्यो। कांग्रेसका नेताहरूले समेत कुलमानलाई “विद्युत क्षेत्रको गहना” भनेर सम्मान गर्थे।’

    प्रचण्डले कुशल नेतृत्व र योग्य कर्मचारीको संयोजन भएमा देशले ठूला संकट समाधान गर्न सक्छ भन्ने उदाहरण कुलमानले देखाएको उल्लेख गरे। उनले इमान्दार प्रयास, स्पष्ट नीति र सही नेतृत्वकै कारण मुलुक आज लोडसेडिङ मुक्त भएको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...