News Portal

लोडसेडिङ अन्त्यमा कुलमानको भूमिका ऐतिहासिक : प्रचण्ड

हिमालीसंचार संवाददाता
२८१ पटक

काठमाडौं, जेठ ८ – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यको श्रेय आफूले नेतृत्व गरेको इमान्दार प्रयास र कुलमान घिसिङको दक्ष व्यवस्थापनलाई दिएका छन्।

बागलुङको गलकोटमा आयोजित मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गतको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले आफू दोस्रोपटक प्रधानमन्त्री बनेपछि विद्युत संकट समाधानलाई प्रमुख एजेन्डा बनाएको स्मरण गरे।

‘त्यसबेला देश अन्धकारमा डुबेको थियो। बालबालिकाले टुकीको उज्यालोमा पढ्नुपर्थ्यो, उद्योग व्यवसाय चौपट थिए,’ उनले भने, ‘मैले त्यसबेला निर्णय लिएँ– अब यो समस्या सकिनेछ। इमान्दार नेतृत्व र इच्छाशक्ति हुँदामात्र यस्तो सम्भव हुन्छ भनेर कुलमान घिसिङलाई ल्याएको हुँ।’

उनले कुलमान घिसिङले विद्युत प्राधिकरणको जिम्मेवारी सम्हाल्नेबित्तिकै लोडसेडिङ अन्त्य मात्रै नभई प्राधिकरणलाई नाफामा लैजान सफल भएको दाबी गरे।

‘१७–१८ घण्टासम्म लोडसेडिङ भइरहँदा हामी कस्तो संकटमा थियौं भन्ने स्मरण गर्नुस्,’ प्रचण्डले भने, ‘तर कुलमानको इमान्दार कार्यशैली र दक्षताका कारण त्यो संकट केही महिनामै समाधान भयो। विद्युत प्राधिकरण नाफामा जान थाल्यो। कांग्रेसका नेताहरूले समेत कुलमानलाई “विद्युत क्षेत्रको गहना” भनेर सम्मान गर्थे।’

प्रचण्डले कुशल नेतृत्व र योग्य कर्मचारीको संयोजन भएमा देशले ठूला संकट समाधान गर्न सक्छ भन्ने उदाहरण कुलमानले देखाएको उल्लेख गरे। उनले इमान्दार प्रयास, स्पष्ट नीति र सही नेतृत्वकै कारण मुलुक आज लोडसेडिङ मुक्त भएको बताए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...