News Portal

रवि लामिछाने प्रकरण : सर्वोच्चमा बहस सकियो, निर्णयको पर्खाइ

हिमालीसंचार संवाददाता
२१३ पटक

काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सर्वोच्च अदालतमा सकिएको छ। बिहीबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेपछि अब सर्वोच्चको अन्तिम निर्णयको प्रतीक्षा गरिएको छ।

ठगी अभियोगमा मुछिएको सुप्रिम सहकारी प्रकरणका कारण लामिछानेलाई रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो। तर, त्यसपछि उच्च अदालत बुटवलले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।

वरिष्ठ अधिवक्ता श्रेष्ठले लामिछानेको तर्फबाट कानुनी पक्ष प्रस्तुत गर्दै बहस गरे पनि समय अभावका कारण मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो। अब यो मुद्दामा सर्वोच्च अदालतको आदेशपछि लामिछानेको भविष्यबारे स्पष्टता आउनेछ।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेको संलग्नता सम्बन्धमा सार्वजनिक चासो बढिरहेका बेला यस मुद्दाको निर्णयले थप राजनीतिक तथा कानुनी तरंग सिर्जना गर्नसक्ने अनुमान गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...