News Portal

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार?

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौं, जेठ ८ – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य फेरि चुलिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला १ हजार ७०० रुपैयाँले वृद्धि भई नयाँ दर कायम भएको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार, बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ। बुधवार यो मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँमा स्थिर थियो। उल्लेखनीय कुरा त के छ भने बुधवार पनि सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५ हजार रुपैयाँले उकालो लागेको थियो। यसले बजारमा सुनको मूल्य निरन्तर बढिरहेको सङ्केत दिन्छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धिको क्रम जारी छ। अघिल्लो दिन प्रति तोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २ हजार २५ रुपैयाँमा पुगेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...