News Portal

‘लोडसेडिङ भयो’ भन्दै विदेशबाट आउने फोनले हैरान, मन्त्री खड्काको गुनासो

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं, जेठ ७ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का हालसालै विदेशमा रहेका केही नेपालीबाट अनावश्यक रूपमा ‘लोडसेडिङ’ को गुनासो गर्दै पटक–पटक फोन आउने गरेको भन्दै गुनासो पोखेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री खड्काले केही व्यक्तिहरूले राति १२ बजे जस्तो अबेलासमेत फोन गरी “नेपालमा बत्ती गयो” भन्ने गुनासो गर्ने गरेको बताएका हुन्। उनले यस्ता गुनासोहरूको पछि अनुसन्धान गर्दा सो स्थानमा कुनै प्रकारको विद्युत् अवरोध नभएको पाइएको स्पष्ट पारे।

“एउटै नम्बरबाट बारम्बार फोन आउँछ, मध्यरातमा पनि फोन गरेर बत्ती गएको भन्छन्,” मन्त्री खड्काले भने, “तर हामी बुझ्दा त्यो ठाउँमा बत्ती भइरहेको हुन्छ। यसरी झुटो सूचना फैलाएर जनतामा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ।”

उनले लोडसेडिङ उत्पादन नपुगेका कारण नभई, आवश्यकता परेको अवस्थामा विद्युत् आयात गरेर समेत आपूर्ति व्यवस्थापन भइरहेको जानकारी दिए। साथै, कुनै ठाउँमा अवरोध भएको भए त्यसको स्पष्ट कारण सार्वजनिक गरिँदै आएको मन्त्री खड्काको भनाइ थियो।

मन्त्री खड्काले यथार्थमा आधारित रहेर मूल्यांकन गर्न र दुष्प्रचारबाट जोगिन सबैलाई आग्रह गरे। “हाम्रो प्रयास विद्युत् आपूर्ति निरन्तर राख्ने हो। झुटा आरोप र भ्रामक सूचनाले मात्र समाजमा नकारात्मक प्रभाव पार्छ,” उनले जोड दिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...