News Portal

‘लोडसेडिङ भयो’ भन्दै विदेशबाट आउने फोनले हैरान, मन्त्री खड्काको गुनासो

हिमालीसंचार संवाददाता
१८१ पटक

काठमाडौं, जेठ ७ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का हालसालै विदेशमा रहेका केही नेपालीबाट अनावश्यक रूपमा ‘लोडसेडिङ’ को गुनासो गर्दै पटक–पटक फोन आउने गरेको भन्दै गुनासो पोखेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री खड्काले केही व्यक्तिहरूले राति १२ बजे जस्तो अबेलासमेत फोन गरी “नेपालमा बत्ती गयो” भन्ने गुनासो गर्ने गरेको बताएका हुन्। उनले यस्ता गुनासोहरूको पछि अनुसन्धान गर्दा सो स्थानमा कुनै प्रकारको विद्युत् अवरोध नभएको पाइएको स्पष्ट पारे।

“एउटै नम्बरबाट बारम्बार फोन आउँछ, मध्यरातमा पनि फोन गरेर बत्ती गएको भन्छन्,” मन्त्री खड्काले भने, “तर हामी बुझ्दा त्यो ठाउँमा बत्ती भइरहेको हुन्छ। यसरी झुटो सूचना फैलाएर जनतामा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ।”

उनले लोडसेडिङ उत्पादन नपुगेका कारण नभई, आवश्यकता परेको अवस्थामा विद्युत् आयात गरेर समेत आपूर्ति व्यवस्थापन भइरहेको जानकारी दिए। साथै, कुनै ठाउँमा अवरोध भएको भए त्यसको स्पष्ट कारण सार्वजनिक गरिँदै आएको मन्त्री खड्काको भनाइ थियो।

मन्त्री खड्काले यथार्थमा आधारित रहेर मूल्यांकन गर्न र दुष्प्रचारबाट जोगिन सबैलाई आग्रह गरे। “हाम्रो प्रयास विद्युत् आपूर्ति निरन्तर राख्ने हो। झुटा आरोप र भ्रामक सूचनाले मात्र समाजमा नकारात्मक प्रभाव पार्छ,” उनले जोड दिए।

प्रतिकृया दिनुहोस्

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...