News Portal

बलुचिस्तानमा स्कुल बसमा विस्फोट, तीन बालबालिकासहित पाँचको मृत्यु

हिमालीसंचार संवाददाता
२३० पटक

पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानको खुजदार सहरमा बुधबार बिहान एक हृदयविदारक घटना घटेको छ। स्कुलतर्फ गइरहेको बालबालिकाले भरिएको बस लक्षित गर्दै गराइएको विस्फोटमा परी तीन निर्दोष बालबालिकासहित पाँच जनाले ज्यान गुमाएका छन्। सो आक्रमणमा अन्य दुई दर्जनभन्दा बढी बालबालिका घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहान सबेरै खुजदार सहरको ‘जिरो पोइन्ट’ नजिकै बस विस्फोटमा परेपछि पूरै ध्वस्त भएको हो। प्रहरी स्रोतका अनुसार सो बस खुजदार क्यान्ट क्षेत्रमा रहेको एक निजी स्कुलका बालबालिकाहरू बोकेर स्कुलतर्फ जाँदै थियो।

विस्फोट यति शक्तिशाली थियो कि बससँगै पार्किङमा रहेको एक सानो कार समेत क्षतिग्रस्त भएको बताइएको छ। घटनास्थलमा तत्काल उद्धार टोली खटाइएर घाइतेहरूलाई अस्पताल पु¥याइएको छ। अहिले उनीहरूको उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

स्थानीय प्रहरी चौकीका प्रमुख (एसएचओ) का अनुसार घटनास्थलमा सुराकी र प्रमाण सङ्कलनको काम तीव्र गतिमा भइरहेको छ। तर, यो आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन। सुरक्षाविशेषज्ञहरूले यसलाई बलुच अतिवादी समूहको संलग्नता भएको हुन सक्ने अनुमान गरेका छन्।

यस दर्दनाक घटनाप्रति पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले गहिरो दुःख प्रकट गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, निर्दोष बालबालिकालाई लक्षित गर्ने यो खालको अमानवीय आक्रमणको कडा निन्दा पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...