News Portal

परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत

हिमालीसंचार संवाददाता
२८६ पटक

टोकियो, जेठ ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई जापानमा एकैसाथ भव्य स्वागत गरिएको छ।

राजधानी टोकियोमा बुधबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मन्त्री देउवा जापान पुगेकी हुन्। यता, सर्वोच्च अदालतबाट गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष श्रेष्ठ पनि पहिलोपटक आफ्नो कर्मथलो जापान पुगेका हुन्।

उनीहरूलाई जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानका अध्यक्ष नवीन निउरे, एनसीसी जापानका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस जनसम्पर्क समिति जापानका सभापति रोशन केसी लगायतको टोलीले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

परराष्ट्रमन्त्री देउवाले जापान बसाइँका क्रममा सम्मेलनमा सहभागिता जनाउनुका साथै यही जेठ ८ गते (मे २२ तारिख) जापानी समकक्षी इवाया ताकेसीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। मन्त्री राणा नेतृत्वको टोली यही शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

उता, अध्यक्ष श्रेष्ठले जापान बसाइँका क्रममा गैरआवासीय नेपाली अभियन्ताहरू सँग अन्तरक्रिया र छलफल कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...