News Portal

बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

हिमालीसंचार संवाददाता
२३३ पटक

काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना औँल्याएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बजगाईले सरकारले आयोजनाका लागि स्रोत व्यवस्थापनको विकल्प खोजिरहेको सन्दर्भमा आम नागरिकलाई प्रत्यक्ष सेयर स्वामित्व दिने अभ्यास सुरुवात गर्नु उपयुक्त हुने तर्क प्रस्तुत गरे।

“यदि ३ करोड १५ लाख नेपालीलाई प्रतिव्यक्ति ९ हजार ८४१ रुपैयाँका दरले सेयर वितरण गर्ने हो भने बुढीगण्डकी आयोजना हामी आफैंले बनाउन सक्छौं,” सांसद बजगाईले सदनमा स्पष्ट पारे।

सरकार स्रोतको खोजीमा अलमलिएको अवस्थामा नागरिकको स्वामित्वलाई अघि सार्दै आयोजना अगाडि बढाउन सकिने उनको भनाइ थियो। सांसद बजगाईले सभामुखमार्फत सरकारलाई आफ्नो सुझाव सुनाइदिन पनि आग्रह गरे।

यही क्रममा उनले बाढीका कारण क्षति पुगेको त्रिशूली नदी आसपासका क्षेत्र—धवाडीघाट, ठेवाटार र सिलिङटारमा रहेको झोलुंगे पुल अझै पुनर्निर्माण नहुनुमा पनि चिन्ता व्यक्त गर्दै तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार राष्ट्रिय गौरवका आयोजनामा सरकार र जनताको साझा लगानी र सहभागिताबाट मात्रै दीगो विकास सम्भव हुन्छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...