News Portal

सुनको मूल्यमा वृद्धि चाँदी स्थिर

हिमालीसंचार संवाददाता
१८९ पटक

काठमाडौं, जेठ ५ – नेपाली बजारमा आज पुनः सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको भाउ सोमबार उही अनुपातमा बढ्दै १ लाख ८४ हजार ८ सय रूपैयाँमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको हो। अघिल्लो दिन आइतबार सोही सुन प्रतितोला १ लाख ८४ हजार २ सय रूपैयाँमा किनबेच भएको थियो।

यसबीच चाँदीको मूल्य भने स्थिर देखिएको छ। आइतबार प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही दरमा किनबेच भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...