News Portal

सरकार सरकारजस्तो देखिएको छैन : सांसद सञ्जय गौतम

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको हालको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास डगमगाउन थालेको धारणा राखेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा धारिलो भाषण गर्दै सांसद गौतमले कांग्रेस र एमालेबीचको सहकार्यमा बनेको सरकार जनअपेक्षा अनुसार सञ्चालनमा नआएको स्पष्ट पारे। “सरकार हाम्रो हो, तर सरकार सरकारजस्तो चलेको महसुस भएको छैन। संसद पनि आफ्नो मर्यादाअनुसार चलिरहेको छैन। न्यायपालिकाबाट पनि जनतामा अपेक्षित भरोसा सिर्जना हुन सकेको छैन,” उनले बताए।

गौतमका अनुसार अहिले आम जनमानसमा निराशा गहिरिँदै गएको छ। उनले नयाँ सोच र नयाँ सम्भावनाको खाँचो औंल्याउँदै राष्ट्रको दिगो भविष्य सुनिश्चित गर्न सबै प्रमुख राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति अपरिहार्य भएको तर्क गरे।

“अब ढिला नगरी सबै शीर्ष नेताहरू एकै ठाउँमा बसेर राष्ट्रका लागि साझा मार्गरेखा तय गर्नुपर्छ। राष्ट्रिय सहमतिविना मुलुकको शासन प्रणाली, संघीयता र समग्र व्यवस्था नै संकटमा पर्न सक्छ,” सांसद गौतमको चेतावनी थियो।

उनले राष्ट्रलाई सही दिशामा लैजान ठोस नीति, पारदर्शिता र नेतृत्वको दृढ इच्छाशक्ति आवश्यक रहेको उल्लेख गर्दै वर्तमान सरकारबाट त्यो अपेक्षा पुरा नभएको दुःख व्यक्त गरे।

सांसद गौतमको वक्तव्य हालको राजनीतिक परिवेशमा जनताबीच बढ्दो असन्तुष्टि र निराशालाई उजागर गर्ने कडीका रूपमा हेरिएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...