News Portal

राजद्रोहको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र सर्वोच्चमा उपस्थित, आज बयान लिने तयारी

हिमालीसंचार संवाददाता
२२७ पटक

काठमाडौं, जेठ २ – राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र आज शुक्रबार सर्वोच्च अदालतमा बयान दिन उपस्थित हुँदैछन्।

प्रहरीले उनलाई बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराएको हो। मिश्रलाई पक्राउ गरिएको विषयमा उनकी श्रीमती सारिका कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि न्यायालयले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधवार कारण देखाउ आदेश जारी गरेको थियो। सोही आदेशअनुसार मिश्रलाई उपस्थित गराइएको हो।

गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले मिश्रसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो। सोही घटनालाई आधार मानेर प्रहरीले मिश्रमाथि राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा पेश भइसकेको छ। सोही आधारमा आज मिश्रसँग बयान लिने प्रक्रिया अगाडि बढाइएको हो।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...