News Portal

खालिस्तानी नेता नेपालबाट पक्राउ परेको भारतीय दाबी, नेपाल प्रहरी अनविज्ञ

हिमालीसंचार संवाददाता
३२४ पटक

काठमाडौं, वैशाख ३१ – भारतका विभिन्न सञ्चारमाध्यमहरूले ‘खालिस्तानी आन्दोलन’का एक फरार अगुवा बलवीर सिंह उर्फ कश्मीर सिंह गलबड्डीलाई नेपालबाट नियन्त्रणमा लिएको दाबी गरेका छन्। भारतको केन्द्रीय अनुसन्धान एजेन्सी (NIA) ले उनलाई गत शनिबार पक्राउ गरेको समाचार भारतीय मिडियामा प्रकाशित भएको छ। तर, नेपाल प्रहरी भने यस्ता गतिविधिबारे पूर्ण अनविज्ञ रहेको बताउँछ।

दिल्लीबाट सञ्चालित ‘द इन्डियन एक्सप्रेस’ लगायतका प्रतिष्ठित समाचारमाध्यमहरूले भारतको NIA ले नेपालमा लुकीछिपी बसेका बलवीर सिंहलाई पक्राउ गरेर भारत लगेको जनाएका छन्। तर, नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले भने बलवीर सिंह नेपाल आएको वा पक्राउ परेको कुनै प्रमाण आफूहरूलाई प्राप्त नभएको स्पष्ट पारे।

“हामीले देशभर शंकास्पद व्यक्तिहरूको निगरानी गर्दै आएका छौँ। तर, ती व्यक्तिसँग सम्बन्धित कुनै गतिविधि न त देखिएको छ, न त जानकारी प्राप्त भएको,” प्रवक्ता थापाको भनाइ छ।

बलवीर सिंह पञ्जाबस्थित नाभा जेलबाट अन्य दुई कैदीसँगै फरार भएको व्यक्ति हुन्। भारतीय अधिकारीहरूको दाबी अनुसार उनी ‘खालसा इन्टरनेशनल’ नामक संगठनसँग आबद्ध थिए र नेपालका विभिन्न सहरमा कपडा व्यवसायको आवरणमा बसेका थिए। अझ, उनले नेपालका ६ वटा बैंकमा खाता खोली क्यानडाबाट ठूलो मात्रामा रकम भित्र्याएको र त्यो रकम भारतमा आतङ्कवादी गतिविधिमा प्रयोग भएको आरोप पनि लगाइएको छ।

यसैबीच, नेपाल राष्ट्र बैंकको मातहतमा रहेको ‘वित्तीय जानकारी इकाई’ (FIU) ले देशभरका बैंक तथा वित्तीय संस्थाहरूको लेनदेनबारे नियमित निगरानी गरिरहेको बताइएको छ। हालै FIU र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) बीच उच्चस्तरीय समन्वय बैठकसमेत सम्पन्न भएको थियो।

नेपाल प्रेसले यस विषयमा प्रहरी CIB का प्रमुख एआईजी चन्द्रकुवेर खापुङसँग बुझ्दा उनले पनि बलवीर सिंहको कुनै गतिविधिबारे जानकारी नभएको बताए। “विदेशी नागरिकले नेपालमा ६ वटा बैंक खाता खोल्ने र नियमित कारोबार गर्ने कुरा सामान्य होइन। यस्ता कार्य भएको भए पहिल्यै पत्ता लाग्थ्यो,” एआईजी खापुङले भने।

यद्यपि, उनले नेपाली नागरिकको सहायतामा वा अन्य माध्यमबाट यस्ता गतिविधि भएका भए त्यसबारे थप अनुसन्धान गरिने प्रतिबद्धता जनाए।

बलवीर सिंह भारतको पञ्जाब इन्क्वायरी मुख्यालयमा भएको एक आतङ्कवादी हमलाका मुख्य योजनाकार मानिन्छन्। उनलाई पक्राउ गरिदिने व्यक्तिका लागि भारतमा एक लाख रुपैयाँ पुरस्कारसमेत घोषणा गरिएको थियो।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...