News Portal

  • मध्यरातमा मापसे गर्दै सहचालकले चलाएको बस पक्की घरमा ठोक्कियो, भक्तपुरमा ठुलो क्षति

    हिमालीसंचार संवाददाता
    २२७ पटक

    काठमाडौं, वैशाख ३० – शनिबार राति करिब २ बजे भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९ स्थित निकोसेरामा एक भाडाको बस अनियन्त्रित भई चारतले पक्की घरमा ठोक्किएको छ। घटनामा बस र घर दुबैमा ठुलो क्षति पुगेको छ भने घरको कम्पाउण्डभित्र रहेको सानो मन्दिरसमेत भत्किएको छ।

    प्रहरीका अनुसार बा.प्र.०१–००६ ख ५९९८ नम्बरको सो बस सहचालकले मापसे गरेको अवस्थामा चलाएका थिए। २० वर्षीय अनिल खत्री, जो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भई हाल सल्लाघारी बसोबास गर्दै आएका छन्, उनीमाथि लापरवाहीपूर्वक बस चलाएको आरोप छ।

    बस दुवाकोटबाट निकोसेरा तर्फ जाँदै गर्दा तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाएर सोझै चारतले पक्की घरमा ठोक्किएको प्रहरीको भनाइ छ। दुर्घटनाले घरको अगाडिल्लो पर्खाल चर्किएको छ भने बसको अगाडिको भाग पूरै क्षतिग्रस्त भएको छ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार सहचालक खत्रीलाई नियन्त्रणमा लिइसकिएको छ र घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको छ।

    स्थानीय बासिन्दाले रातिको समयमा यस्तो गैरजिम्मेवार ढंगले सवारी चलाउनु गम्भीर समस्या भएको बताएका छन्। ‘दुर्घटनामा मानवीय क्षति नभएकोमा भगवानको कृपा मान्नुपर्छ’, एक स्थानीयले प्रतिक्रिया दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...