News Portal

सुनको मूल्यमा आकाशपात, दुई दिनमै नयाँ रेकर्ड नजिक

हिमालीसंचार संवाददाता
२२३ पटक

काठमाडौं, वैशाख २४ – नेपाली सुन बजारमा पछिल्ला दुई दिन निकै चलायमान देखिएको छ। मंगलबार एकैदिनमा ५ हजार ३ सय रूपैयाँले उक्लिएको सुनको मूल्य बुधबार थप १ हजार ७ सयले बढेको छ। यससँगै दुई दिनको अन्तरालमै सुनको भाउ ७ हजार रूपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रूपैयाँमा पुगेर कारोबार भइरहेको छ। मंगलबार सोही सुनको मूल्य १ लाख ८९ हजार ९ सय रूपैयाँमा सीमित थियो।

भाउमा आएको यो तीव्र वृद्धिले सुन बजारमा तरंग ल्याएको छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, डलरको मूल्य वृद्धिलगायत विविध कारणले गर्दा नेपाली बजारमा समेत यसको असर देखिएको हो।

यता चाँदीको मूल्य भने स्थिर छ। मंगलबार प्रतितोला १ हजार ९ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही दरमा किनबेच भइरहेको छ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...