News Portal

विद्यालयमा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार पीडितलाई मिलापत्रको दबाब

संगीता गुरुङ
२१८ पटक

काठमाडौं, वैशाख २३ – काठमाडौंको शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि छात्रामाथि अनुचित व्यवहार गरेको गम्भीर आरोप लागेको छ। पीडित पक्षको उजुरीका आधारमा ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विद्यालयको परीक्षा शाखामा कार्यरत सुवेदी विगत १२ वर्षदेखि उक्त संस्थामा कार्यरत थिए। उनी मोरङको बेलबारी घर भई काठमाडौंको कागेश्वरी मनोहरामा बस्दै आएका छन्। पीडितकी आमाले मौखिक उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई आइतबार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको हो।

जाहेरीअनुसार, २०८० सालको चैत महिनामा सुवेदीले विद्यालयको टिफिन समयमा एक १४ वर्षीया छात्रालाई स्टाफ कोठामा बोलाएर अनुचित व्यवहार गरेका थिए। घटनाबारे पीडित छात्राले घरमा जानकारी दिएपछि अभिभावकले विद्यालयमा गुनासो गरेका थिए।

तर, पीडित पक्षको भनाइमा विद्यालयले गुनासोको साटो मिलापत्र गर्न दबाब दिएको र छोरीको पढाइको बहानामा टर्मिनेट गर्ने धम्की दिएको आरोप छ। पीडितकी आमाले विद्यालयका प्रिन्सिपल र चेयरम्यानसहित अन्य केही कर्मचारीले मिलापत्रमा जबरजस्ती हस्ताक्षर गराएको बताएकी छन्।

विद्यालयका प्रिन्सिपल राजु राईले भने यस्तो दाबी अस्वीकार गरेका छन्। उनले घटनाबारे प्रहरीबाट जानकारी आएपछि विद्यालय गम्भीर भएर आन्तरिक छानबिनको प्रक्रिया थालेको र विगतदेखि पीडित पक्षसँग कर्मचारीबीच मनमुटाव रहेको कारण आरोप लागेको हुनसक्ने प्रतिक्रिया दिएका छन्।

पीडित पक्षले शनिबार पुनः लिखित उजुरी दिंदै सुवेदीमाथि अन्य छात्राहरूमाथि पनि यस्तै व्यवहार गरेको दाबी गरेका छन्। उनीहरूले केही प्रमाणहरू, जस्तै संवादको स्क्रीनसट, प्रहरीलाई बुझाएका छन्।

हाल सुवेदीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २२५ अनुसार बालमैत्री व्यवहारविपरीत काम गरेको अभियोगमा अनुसन्धान भइरहेको छ। उक्त कानुनी प्रावधानअनुसार दोषी ठहरिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुनसक्छ।

यस प्रकरणले विद्यालयभित्रको सुरक्षा तथा विद्यार्थीहरूप्रति उत्तरदायित्वबारे गम्भीर प्रश्न खडा गरेको छ। घटनाबारे विस्तृत अनुसन्धानपछि मात्र यथार्थ सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...