News Portal

रंगेलीको २ र ९ नम्बर वडामा खानेपानी आयोजना निर्माण हुने

रबिन्द्र बराल
३५४ पटक

मोरङ, वैशाख २३ – रंगेली नगरपालिका वडा नम्बर २ र ९ मा खानेपानी आयोजनाको काम अघि बढेको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो। रंगेली नगरपालिकाको पहलमा गत फागुन २ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले सो आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो। बोलपत्र आह्वान गरी ठेक्का लागेपछि उक्त आयोजनाको निर्माण कार्य सोमबारदेखि औपचारिक रूपमा सुरु भएको हो।

संघीय खानेपानी मन्त्री प्रदीप यादव, प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति तथा मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेल, र रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले उक्त दुईवटा खानेपानी आयोजनाको शिलान्यास गरेका हुन्।

नगरपालिकाले प्रत्येक वडामा स्वच्छ खानेपानी पुर्‍याउने अवधारणाअनुसार कार्यक्रमलाई निरन्तरता दिँदै आयोजना अगाडि बढाइरहेको छ। स्वच्छ खानेपानी घर–घरमा पुर्‍याउनका लागि ५ करोड बजेट आवश्यक पर्ने भएकाले उक्त बजेट सुनिश्चित गर्न मेयर बगडियाले आग्रह गरेका छन्। रंगेलीको वडा नम्बर २ र ९ मा २३ करोड लागत स्टिमेट गरिएको खानेपानी आयोजना अघि बढेको र त्यसमध्ये १० करोड बजेटको स्रोत सुनिश्चित भएको बताइएको छ। बहुवर्षीय योजना अन्तर्गत सो आयोजनाको ठेक्का लागिएको हो।

खानेपानी योजना अन्तर्गत हाल वडा नम्बर १, ३, र ८ मा ओभरहेड ट्यांकी निर्माण र बोरिङको काम सम्पन्न भइसकेको छ। पाइपलाइन विस्तार र बिजुलीको काम निर्माणाधीन अवस्थामा रहेको छ। त्यस्तै, वडा नम्बर ५ मा ओभरहेड ट्यांकी र कार्यालय निर्माणाधीन अवस्थामा रहेको रंगेली खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सचिव राम चिमोरियाले जानकारी दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि संघीय खानेपानी मन्त्री प्रदीप यादव, सांसद ऋषिकेश पोखरेल, मेयर दिलीप बगडिया, मोदराज घिमिरे, वडा अध्यक्षहरू तथा स्थानीय बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...