News Portal

  • रंगेलीको २ र ९ नम्बर वडामा खानेपानी आयोजना निर्माण हुने

    रबिन्द्र बराल
    १९९ पटक

    मोरङ, वैशाख २३ – रंगेली नगरपालिका वडा नम्बर २ र ९ मा खानेपानी आयोजनाको काम अघि बढेको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो। रंगेली नगरपालिकाको पहलमा गत फागुन २ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले सो आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो। बोलपत्र आह्वान गरी ठेक्का लागेपछि उक्त आयोजनाको निर्माण कार्य सोमबारदेखि औपचारिक रूपमा सुरु भएको हो।

    संघीय खानेपानी मन्त्री प्रदीप यादव, प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति तथा मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेल, र रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले उक्त दुईवटा खानेपानी आयोजनाको शिलान्यास गरेका हुन्।

    नगरपालिकाले प्रत्येक वडामा स्वच्छ खानेपानी पुर्‍याउने अवधारणाअनुसार कार्यक्रमलाई निरन्तरता दिँदै आयोजना अगाडि बढाइरहेको छ। स्वच्छ खानेपानी घर–घरमा पुर्‍याउनका लागि ५ करोड बजेट आवश्यक पर्ने भएकाले उक्त बजेट सुनिश्चित गर्न मेयर बगडियाले आग्रह गरेका छन्। रंगेलीको वडा नम्बर २ र ९ मा २३ करोड लागत स्टिमेट गरिएको खानेपानी आयोजना अघि बढेको र त्यसमध्ये १० करोड बजेटको स्रोत सुनिश्चित भएको बताइएको छ। बहुवर्षीय योजना अन्तर्गत सो आयोजनाको ठेक्का लागिएको हो।

    खानेपानी योजना अन्तर्गत हाल वडा नम्बर १, ३, र ८ मा ओभरहेड ट्यांकी निर्माण र बोरिङको काम सम्पन्न भइसकेको छ। पाइपलाइन विस्तार र बिजुलीको काम निर्माणाधीन अवस्थामा रहेको छ। त्यस्तै, वडा नम्बर ५ मा ओभरहेड ट्यांकी र कार्यालय निर्माणाधीन अवस्थामा रहेको रंगेली खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सचिव राम चिमोरियाले जानकारी दिएका छन्।

    कार्यक्रमका प्रमुख अतिथि संघीय खानेपानी मन्त्री प्रदीप यादव, सांसद ऋषिकेश पोखरेल, मेयर दिलीप बगडिया, मोदराज घिमिरे, वडा अध्यक्षहरू तथा स्थानीय बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...