News Portal

वैदेशिक भ्रमणबारे संसदीय समिति र परराष्ट्रमन्त्रीबीच गम्भीर छलफल

संगीता गुरुङ
२८७ पटक

काठमाडौं, वैशाख २३ – प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विशेष छलफल गरेको छ। मन्त्री राणाले पछिल्लो समय गरेका वैदेशिक भ्रमण र समसामयिक कूटनीतिक गतिविधिहरूबारे समिति गहिरो चासोका साथ जानकारी लिँदैछ।

समितिको आजको बैठकमा परराष्ट्रमन्त्रीसँगै परराष्ट्र सचिव पनि उपस्थित थिए। छलफलको मुख्य एजेन्डामा मन्त्री राणाले भ्रमण गरेका देशहरूमा नेपालको हितमा भएको कूटनीतिक संवाद, सहकार्यका प्रयास र त्यसको प्रतिफल कस्तो रह्यो भन्नेबारे गहन समीक्षा गरिएको छ।

बैठकमा सांसदहरूले नेपालको परराष्ट्र नीति, राष्ट्रहित र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने उद्देश्यले भएका भ्रमणहरूबारे स्पष्ट विवरण माग गरेका छन्। मन्त्री राणाले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको पक्ष उजागर गर्दै आएको जानकारी दिएकी छन्।

समितिले परराष्ट्र मन्त्रालयका आगामी योजना, रणनीति र भ्रमणबाट प्राप्त अनुभवलाई राष्ट्रको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे समेत मार्गदर्शन दिने तयारी गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...