News Portal

प्रधानमन्त्री संसद भवन छिर्दै गर्दा पत्रकारको प्रश्नले चिढिए, बोले— ‘तरिका हुन्छ नि तपाईंहरूको!’

संगीता गुरुङ
२३४ पटक

काठमाडौं, वैशाख २२ – प्रतिनिधि सभाको सोमबारको बैठकमा राजनीतिक रूपमा फरक तर सन्देशमूलक दृश्य देखियो। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद् बैठकअघि देखिएको हँसमुख संवादले केही समयका लागि तरंग पैदा गर्‍यो। तर, यही दिन संसद भवन प्रवेश गर्ने क्रममा प्रधानमन्त्री ओलीको व्यवहार केही चिसो र चिढिएको देखियो।

प्रधानमन्त्री ओली बैठकका लागि संसद भवन पुग्दा प्रवेशद्वारमा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो। सबै पत्रकारहरूले उनलाई नमस्कार गर्दै स्वागत गरिरहेका थिए। प्रधानमन्त्री पनि सुरुवाती क्षणमा हँसीमजाकसहित अघि बढिरहेका थिए।

यत्ति बेलामा एकजना पत्रकारले सोधे, “भाजपा नेता विजय चौथाइवालेको भ्रमणपछि माओवादीसँगको सम्बन्ध सुध्रिएको हो?”

सोधिएको प्रश्नप्रति ओलीले सहज प्रतिक्रिया जनाएनन्। बरु उनी संसद भवन छिर्ने सिँढीतर्फ हात देखाउँदै केही चिढिएको स्वरमा बोले— “यतापट्टि छेक्नुहोस् न! तरिका हुन्छ नि तपाईंहरूको नि!”

प्रधानमन्त्री ओली यसअघि पनि संसद् भवनको प्रवेशद्वारमा पत्रकारहरूले माइक तेर्स्याएर बाटो छेक्ने शैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए। सोमबारको घटनाले फेरि उनको त्यही असन्तोष दोहोरिएको संकेत दियो।

यद्यपि, संसद बैठकभित्र भने विपरीत तस्बिर देखियो। ओली र प्रचण्ड एउटै फ्रेममा मुस्कुराउँदै कुराकानी गरिरहेको तस्बिर प्रधानमन्त्रीकै सचिवालयले सार्वजनिक गर्‍यो।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...