News Portal

राजसंस्थाको पक्षमा आवाज उठाएकै कारण राप्रपाका नेताहरू पक्राउमा, अध्यक्ष लिङ्देनको आरोप

संगीता गुरुङ
२९१ पटक

काठमाडौं, वैशाख १५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको समर्थनमा आवाज उठाएकै कारण आफ्ना पार्टी नेताहरूमाथि नियोजित रूपमा धरपकड गरिएको आरोप लगाएका छन्।

सोमबार कमल थापा नेतृत्वमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले चैत १५ गते भएको राजावादी आन्दोलनमा सहभागी भएकाहरूलाई लक्षित गरेर दमन गरिएको बताए। “राजसंस्थाको पक्षमा बोल्नेहरूलाई खोजीखोजी थुनिएको छ,” लिङ्देनले भने, “मानवअधिकार र लोकतन्त्रको झण्डा बोकेकाहरूले नै त्यस दिन आफ्ना सिद्धान्तहरूको अपमान गरेका छन्।”

अध्यक्ष लिङ्देनले देशको वर्तमान अवस्था सतहमा सामान्य देखिए पनि भित्रभित्रै गम्भीर संकटको स्थितिमा रहेको चेतावनी दिए। उनले लोकतन्त्रको नाममा सञ्चालित ‘लुटतन्त्र’ विरुद्ध सबैलाई एकजुट हुन आह्वान गरे।

चैत १५ गतेको आन्दोलनपछि थुनामा परेका आफ्ना नेताहरूको रिहाइ तथा घटनाको निष्पक्ष न्यायिक छानबिनका लागि उनले सशक्त जनदबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...