News Portal

एनआरएनए अभियन्ता महेश श्रेष्ठको आह्वान : एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरौँ

हिमालीसंचार संवाददाता
२९० पटक

काठमाडौँ, वैशाख १५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता महेश कुमार श्रेष्ठले संघको यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) सम्म काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न अपिल गरेका छन्।

श्रेष्ठले भने, “महाधिवेशन अहिले विषम परिस्थितिमा हुन लागेको हो। सबै पक्षलाई समेटेर अधिवेशन सम्पन्न गराउने प्रयास जारी छ। यदि हामीले एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न सक्यौँ भने अहिले बाहिर रहेका साथीहरूलाई समेत समेटेर संघभित्र व्यापक एकता कायम गर्न सजिलो हुनेछ।”

सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिका संयोजक र अन्य १३ जना सदस्यहरू एकै ठाउँमा भेला भई समस्या समाधानको बाटो खोज्नुपर्ने उनले आग्रह गरे।

“डेलिगेटहरू काठमाडौँ आउन थालेका छन् र महाधिवेशनको तयारी लगभग पूरा भइसकेको छ। यस्तो अवस्थामा महाधिवेशन पर सार्नु उपयुक्त हुने छैन। बरु वैधानिक प्रक्रिया पूरा गर्दै नयाँ नेतृत्व चयन गरी त्यसपछि पनि एकताको प्रयास जारी राख्नुपर्छ,” श्रेष्ठले बताए।

जापानमा सफल व्यवसायीको रुपमा परिचित श्रेष्ठले महाधिवेशनमा जीत वा हारभन्दा संस्थालाई योगदान गर्न सक्ने प्रभावकारी टिम निर्माणमा ध्यान दिनुपर्ने धारणा राखे। “मैले सधैं एनआरएनएभित्र संवाद, छलफल, सहमति र सहकार्यमा जोड दिँदै आएको छु। अहिले पनि सहमति र एकताको वातावरण बनाउन जस्तोसुकै भूमिका निर्वाह गर्न म तयार छु,” उनले स्पष्ट पारे।

महाधिवेशनका लागि करिब ३,२०० जनाले प्रतिनिधि (डेलिगेट) बन्न आवेदन दिएको र प्रक्रिया पूरा गरेका डेलिगेटहरूको निवेदन स्वीकृत गर्ने क्रम जारी रहेको उच्चस्तरीय समितिको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...