News Portal

प्रतिनिधि सभामा पाँच विधेयक अगाडि बढाइँदै

संगीता गुरुङ
१९८ पटक

काठमाडौं, वैशाख १४ – आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न पाँच वटा विधेयकहरूलाई अगाडि बढाउने तयारी गरिएको छ। बिहान ११ बजेबाट सुरु हुने बैठकमा सम्बन्धित समितिका सभापति र मन्त्रीहरूले आफ्ना प्रतिवेदन र प्रस्तावहरू प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सारसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्नेछन् भने कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदीले केही नेपाल ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नेछिन्।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि सारेका छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्नेछन्।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ मा राष्ट्रिय सभाबाट भएका संशोधनहरूलाई प्रतिनिधि सभामा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...