News Portal

प्रतिनिधि सभामा पाँच विधेयक अगाडि बढाइँदै

संगीता गुरुङ
२७६ पटक

काठमाडौं, वैशाख १४ – आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न पाँच वटा विधेयकहरूलाई अगाडि बढाउने तयारी गरिएको छ। बिहान ११ बजेबाट सुरु हुने बैठकमा सम्बन्धित समितिका सभापति र मन्त्रीहरूले आफ्ना प्रतिवेदन र प्रस्तावहरू प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सारसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्नेछन् भने कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदीले केही नेपाल ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नेछिन्।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि सारेका छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्नेछन्।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ मा राष्ट्रिय सभाबाट भएका संशोधनहरूलाई प्रतिनिधि सभामा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...