News Portal

  • कांग्रेस नेताका छोरा भाटभटेनी लुटपाटमा संलग्न रहेको दाबी : लिङ्देन

    संगीता गुरुङ
    १६६ पटक

    काठमाडौं, वैशाख १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका एक नेताका छोरालाई भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन्।

    शुक्रबार प्रतिनिधिसभामा बोल्दै लिङ्देनले चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहको प्रदर्शनपछि कोटेश्वरस्थित भाटभटेनीमा हिंसात्मक गतिविधि र लुटपाट भएको घटनाको स्मरण गराए। उक्त घटनामा पक्राउ परेकामध्ये एक जना कांग्रेस नेताका छोरा रहेको दाबी लिङ्देनले गरे।

    उनले भने, “रक्सी लुटेर लैजाँदै गर्दा ती युवकलाई प्रहरीले समातेको थियो। तर, पछि ती कांग्रेस नेताका छोरा भएको खुलेपछि उनलाई छाडिएको छ।”

    लिङ्देनका अनुसार यस विषयमा आफूसँग ठोस प्रमाण पनि छन्। उनले सत्ता पक्षप्रति कटाक्ष गर्दै प्रश्न गरे — “यस्तो अवस्थालाई संरक्षण गर्नु कानूनको शासन हो त?”

    लिङ्देनले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...