News Portal

निजामती विधेयक प्रक्रिया अगाडि बढ्दै, आन्दोलन रोक्न गगन थापाको ट्रेड युनियनलाई आग्रह

संगीता गुरुङ
१४८ पटक

काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित गर्न अनुरोध गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ट्रेड युनियनलाई सकारात्मक भूमिका खेल्न आग्रह गरेका हुन्।

महामन्त्री थापाका अनुसार निजामती सेवा सम्बन्धी विधेयक समितिमा अगाडि बढिरहेको छ र आजको बैठकमै पारित गर्ने तयारी गरिएको थियो। तर प्रतिवेदन एकपल्ट अध्ययन गरौं भन्ने प्रस्ताव आएपछि प्रक्रिया केही समयका लागि स्थगित गरिएको हो। उनले यसलाई स्वाभाविक प्रक्रिया भन्दै आन्दोलनको आवश्यकता नरहेको बताएका छन्।

“विधेयक अन्तिम चरणमा पुगेको छ, अहिले आन्दोलन गर्नुको औचित्य छैन,” थापाले भने, “ट्रेड युनियनलाई आग्रह गर्छु—यो संवेदनशील घडीमा संयमित र जिम्मेवार भूमिका निर्वाह गरौं।”

यसअघि मंगलबार सोही समितिको बैठकमा निजामती कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूले १० बुँदे मागसहित ७२ घण्टे अल्टिमेटम पेश गरेका थिए।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले माग सम्बोधन नभए आन्दोलनको दोस्रो चरण सुरु गर्ने चेतावनी दिएका छन्।

उक्त विधेयक हाल समितिमा छलफलको चरणमा रहेको छ भने संसद्को वर्षे अधिवेशन वैशाख १२ गतेदेखि सुरु हुँदैछ। यस्तो अवस्थामा सहमति र संवादको बाटोबाट समाधान खोज्न सबै पक्षलाई गम्भीर बन्ने बेला आएको देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...