News Portal

शंखरापुरको सानागाउँमा पारिवारिक बिवादले लियो ज्यान, श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

संगीता गुरुङ
२२९ पटक

काठमाडौं, वैशाख १० – काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित सानागाउँमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। आफ्नै परिवारमाथि खुकुरी प्रहार गरी एक पुरुषले श्रीमतीको ज्यान लिएको घटना प्रकाशमा आएको छ।

रामेछापको खाँडादेवी स्थायी घर भई हाल सानागाउँमा बस्दै आएका ५९ वर्षीय पदमबहादुर तामाङले आइतबार रातिको समयमा ४५ वर्षीया श्रीमती पुतली तामाङमाथि खुकुरी प्रहार गरेका थिए। गम्भीर चोटका कारण पुतलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घटनामा उनका १० वर्षीया छोरी सन्जिता र ११ वर्षीय छोरा रिदमसमेत गम्भीर घाइते भएका छन्। दुवै जनाको हातखुट्टामा गहिरो चोट लागेको छ र हाल उनीहरूको उपचार भइरहेको छ।

प्रहरीले पदमबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। प्रारम्भिक अनुमानमा पारिवारिक बिवाद नै घटनाको मूल कारण हुनसक्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...