News Portal

एनआरएनएको निर्वाचन तयारीमा निर्वाचन समिति सक्रिय

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाडौं, वैशाख १० – यही वैशाख २० देखि २२ गते (मई ३–५, २०२५) सम्म काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समिति सक्रिय भएको छ।

निर्वाचन समितिका प्रमुख आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले निर्वाचन तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो। “हामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारीमा जुटिरहेका छौं। डेलिगेटहरूको अन्तिम नामावली उच्चस्तरीय समितिबाट प्राप्त भएलगत्तै निर्वाचनको कार्यतालिका सार्वजनिक गरिनेछ,” घिमिरेले बताउनुभयो। उहाँले संघको विधान र उच्चस्तरीय समितिबाट पारित कार्यविधिको पालना गर्दै पूर्ण पारदर्शिता र कानुनी प्रक्रियाअनुसार निर्वाचन सम्पन्न गरिने स्पष्ट पार्नुभयो।

सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन सम्पन्न गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयाँ कार्यसमिति चयन गर्न वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। समितिमा अधिवक्ता आशिष उप्रेती र सेवा निवृत्त मेजर डमर घले सदस्यको रूपमा रहनुभएको छ।

महाधिवेशनमा भाग लिन देश–विदेशबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्ने क्रम जारी रहेको छ। उच्चस्तरीय समितिले सोमबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको थियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...