News Portal

धोबिखोलामा स्कुटर खस्दा भाग्यले बच्यो चालक

संगीता गुरुङ
२२९ पटक

काठमाडौं, वैशाख ८ – काठमाडौंको सेतोपुल नजिक सोमबार दिउँसो एक स्कुटर अनियन्त्रित भई धोबिखोलामा खस्ने घटना भएको छ।

प्रहरीका अनुसार स्कुटर सडकबाट चिप्लिएर सोझै खोलामा खसेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिएअनुसार स्कुटर चालकको अवस्था सामान्य छ र गम्भीर चोटपटक नभएको पुष्टि गरेका छन्।

धोबिखोला आसपासको सडक क्षेत्र पहिलेदेखि नै जोखिमयुक्त मानिँदै आएको छ। यसअघि पनि गाडी र मोटरसाइकलहरू खोलामा खस्ने घटना पटक–पटक घटिसकेको छ। तर अझैसम्म पनि प्रभावकारी सुरक्षामूलक संरचना नबन्दा दुर्घटनाको जोखिम बढ्दो छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बिरहरूमा स्कुटर खोलामा पल्टिएको देखिन्छ। यस घटनाले सडक सुरक्षाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...