News Portal

  • टिकटकमा हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ

    संगीता गुरुङ
    १३७ पटक

    कपिलवस्तु, वैशाख ८ – सामाजिक सञ्जाल टिकटकमा पेस्तोल, तरबार र खुडाजस्ता घातक हतियार प्रदर्शन गरेर स्थानीयमा डर र अशान्ति फैलाएको अभियोगमा कपिलवस्तुका एक युवक पक्राउ परेका छन्।

    शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षीय रघुबिन्द यादवले आफ्नो टिकटक अकाउन्टमार्फत पेस्तोल, तरबार र खुडासहितका भिडियाहरू सार्वजनिक गरेका थिए। ती भिडियाहरूले स्थानीय समुदायमा भयको वातावरण सिर्जना गरेपछि प्रहरी परिचालन गरिएको हो।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यादवलाई मायादेवी गाउँपालिका–१ स्थित मायादेवी होटलबाट विशेष निगरानीपछि आइतबार पक्राउ गरिएको हो।

    डिएसपी मोहनमणि आचार्यका अनुसार, सामाजिक शान्ति सुरक्षामा खलल पुग्ने गतिविधिमा संलग्न भएको अभियोगमा यादवविरुद्ध सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। उनले देखाएको हतियारहरू कहाँबाट कसरी ल्याइयो भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

    सार्वजनिक सुरक्षामा चुनौती निम्त्याउने यस्ता गतिविधि प्रति प्रहरीले कडा निगरानी र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...