News Portal

राप्रपाको प्रदर्शनपछि स्थिति सामान्य, बबरमहलको साइड लेन खुल्यो

संगीता गुरुङ
२३५ पटक

काठमाडौं, वैशाख ७ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित विरोध प्रदर्शनपछि केही समय सवारी आवागमन प्रभावित भएको नयाँ बानेश्वर–माइतीघर सडकखण्ड अहिले सामान्य बन्दै गएको छ।

आइतबार भएको प्रदर्शनपछि केहीबेर अवरुद्ध बनेको सडक अहिले खुल्न थालेको हो। सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई तितरवितर बनाएसँगै बबरमहल क्षेत्रको साइड लेनमा सवारी साधन पुनः सञ्चालनमा आएका छन्।

यसअघि राप्रपाका समर्थकहरूले नयाँ बानेश्वर क्षेत्रमा व्यापक प्रदर्शन गरेका थिए, जसका कारण सम्पूर्ण लेनमा सवारी आवागमन ठप्प भएको थियो। अहिले स्थिति नियन्त्रणमा आएपछि सवारी आवतजावत क्रमशः सुचारु हुँदै गएको ट्राफिक प्रहरीले जनाएको छ।

अधिक जानकारीका लागि अपडेट हुँदै जाँदैछ।

 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...