News Portal

काठमाडौंमा सुरक्षा कडा, निषेधित क्षेत्र नाघे कडा कारबाही हुने चेतावनी

संगीता गुरुङ
२७० पटक

काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै राजधानीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास बालुवाटार, माइतीघर मण्डला र राष्ट्रपतिको कार्यालय वरपर व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति अघिल्ला दिनहरूको तुलनामा आज विशेष देखिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेक बहादुर तामाङका अनुसार निषेधित क्षेत्रको उल्लंघन हुन नदिनका लागि सुरक्षा रणनीति तयार पारिएको हो। “हामी प्रदर्शनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न चाहन्छौं,” उनले भने, “तर कसैले निषेधित क्षेत्र तोड्ने प्रयास गर्‍यो भने आवश्यक परे बल प्रयोग गर्न पछि नपर्नेछौं।”

यसैबीच, राप्रपाले बिहान ११ बजे बिजुलीबजारबाट र्याली निकाल्ने तयारी गरेको छ। पार्टीले राजसंस्था पुनर्स्थापना र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने माग अघि सारेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा सरकारविरुद्धको प्रदर्शन शान्तिपूर्ण र प्रतिकात्मक हुने बताएका छन्।

लिङ्देन लेख्छन्, “लोकतन्त्रको नाममा जनतालाई बोल्न र हिँड्न समेत सीमित गरिनु निरंकुशताको संकेत हो। त्यसको विरोधमा हामी केही नेताहरू मात्रै सहभागी भएर सन्देश दिनेछौं।”

गृह मन्त्रालयले भने राप्रपाको घोषणालाई गम्भीर रूपमा लिएको जनाउँदै निषेधित क्षेत्र उल्लंघन गरेमा कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...