News Portal

काठमाडौंमा सुरक्षा कडा, निषेधित क्षेत्र नाघे कडा कारबाही हुने चेतावनी

संगीता गुरुङ
२१९ पटक

काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै राजधानीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास बालुवाटार, माइतीघर मण्डला र राष्ट्रपतिको कार्यालय वरपर व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति अघिल्ला दिनहरूको तुलनामा आज विशेष देखिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेक बहादुर तामाङका अनुसार निषेधित क्षेत्रको उल्लंघन हुन नदिनका लागि सुरक्षा रणनीति तयार पारिएको हो। “हामी प्रदर्शनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न चाहन्छौं,” उनले भने, “तर कसैले निषेधित क्षेत्र तोड्ने प्रयास गर्‍यो भने आवश्यक परे बल प्रयोग गर्न पछि नपर्नेछौं।”

यसैबीच, राप्रपाले बिहान ११ बजे बिजुलीबजारबाट र्याली निकाल्ने तयारी गरेको छ। पार्टीले राजसंस्था पुनर्स्थापना र नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने माग अघि सारेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा सरकारविरुद्धको प्रदर्शन शान्तिपूर्ण र प्रतिकात्मक हुने बताएका छन्।

लिङ्देन लेख्छन्, “लोकतन्त्रको नाममा जनतालाई बोल्न र हिँड्न समेत सीमित गरिनु निरंकुशताको संकेत हो। त्यसको विरोधमा हामी केही नेताहरू मात्रै सहभागी भएर सन्देश दिनेछौं।”

गृह मन्त्रालयले भने राप्रपाको घोषणालाई गम्भीर रूपमा लिएको जनाउँदै निषेधित क्षेत्र उल्लंघन गरेमा कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...