News Portal

सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

संगीता गुरुङ
१८६ पटक

काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ। सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणसहितका विभिन्न सरकारी वेबसाइटहरू एकाएक बन्द भएपछि सेवाग्राहीहरू अप्ठ्यारोमा परेका छन्।

सिंहदरवारस्थित एकीकृत डाटा व्यवस्थापन केन्द्रले विद्युत आपूर्तिमा आएको अवरोधका कारण सेवा प्रभावित भएको जनाएको छ। केन्द्रका अनुसार विद्युतीय प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर्मर स्वीचमा समस्या देखिएपछि मर्मत आवश्यक भएको हो।

“आज बिहान ८ बजेदेखि करिब दुई घण्टा सेवा बन्द रहने जानकारी दिइएको थियो,” केन्द्रको सूचनामा उल्लेख छ, “तर समस्या समाधान नहुनाले वेबसाइटहरू अझै अवरुद्ध छन्।”

प्राविधिक टोली मर्मतमा खटिए पनि सेवा कहिले सुचारु हुने भन्ने यकिन भइसकेको छैन। यो घटनाले सरकारी डिजिटल सेवाको भरपर्दोपनप्रति पुनः प्रश्न उठाएको छ।

 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...