News Portal

रास्वपाको संगठनात्मक समीक्षा र रणनीति तय गर्न केन्द्रीय समिति बैठक

संगीता गुरुङ
२७१ पटक

काठमाडौं, वैशाख ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनको समग्र अवस्था, आगामी महाधिवेशनको तयारी र हालको राजनीतिक परिस्थिति मूल्यांकन गर्न बिहीबार दिउँसो २ बजे चःमतिस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा तीन प्रमुख विषयहरूमा केन्द्रित छलफल हुनेछ – अघिल्लो बैठकका निर्णयहरूको समीक्षा, सदस्यहरूको संक्षिप्त प्रतिवेदन, र समसामयिक राजनीतिक घट्नाक्रमको विश्लेषण।

रास्वपाले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे पनि हालसम्म पालिका तहका १० वटा कमिटीमा अधिवेशन सम्पन्न भइनसकेको र अध्यक्ष रवि लामिछाने पुनः थुनामा परेका कारण महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुनेमा अन्योल छ। यही सन्दर्भमा महाधिवेशनको कार्यतालिका, तयारी र वैकल्पिक विकल्पबारे बैठकमा गहन छलफल हुनेछ।

यसका साथै, बैठकमा ‘जन यात्रा कार्यक्रम’, ‘मिसन ब्लुप्रिन्ट कार्यदल’, ‘लिडरशिप एकेडेमी’, संगठन सबलीकरण र प्रशिक्षण अभियानसम्बन्धी विस्तृत प्रतिवेदनहरू प्रस्तुत गरिनेछन्।

यही प्रसङ्गमा, अघिल्लो बैठकमार्फत राष्ट्रनिर्माणको दीर्घकालीन दृष्टिकोण तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेको नेतृत्वमा सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सम्मिलित ‘ब्लुप्रिन्ट कार्यदल’ गठन गरिएको थियो।

लिडरशिप एकेडेमी र उम्मेदवार क्लब सञ्चालनको जिम्मेवारी सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई दिइएको छ भने जन यात्रा कार्यक्रमको समन्वयको दायित्व संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पाएका छन्।

पार्टीको सांगठानिक दिशा र नेतृत्व विकासबारे निर्णायक छलफलको तयारीसँगै यो बैठक रास्वपाको आगामी कार्ययोजना निर्धारणका लागि विशेष महत्त्वको हुने देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...