News Portal

  • रास्वपाको संगठनात्मक समीक्षा र रणनीति तय गर्न केन्द्रीय समिति बैठक

    संगीता गुरुङ
    १५७ पटक

    काठमाडौं, वैशाख ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनको समग्र अवस्था, आगामी महाधिवेशनको तयारी र हालको राजनीतिक परिस्थिति मूल्यांकन गर्न बिहीबार दिउँसो २ बजे चःमतिस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ।

    पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा तीन प्रमुख विषयहरूमा केन्द्रित छलफल हुनेछ – अघिल्लो बैठकका निर्णयहरूको समीक्षा, सदस्यहरूको संक्षिप्त प्रतिवेदन, र समसामयिक राजनीतिक घट्नाक्रमको विश्लेषण।

    रास्वपाले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे पनि हालसम्म पालिका तहका १० वटा कमिटीमा अधिवेशन सम्पन्न भइनसकेको र अध्यक्ष रवि लामिछाने पुनः थुनामा परेका कारण महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुनेमा अन्योल छ। यही सन्दर्भमा महाधिवेशनको कार्यतालिका, तयारी र वैकल्पिक विकल्पबारे बैठकमा गहन छलफल हुनेछ।

    यसका साथै, बैठकमा ‘जन यात्रा कार्यक्रम’, ‘मिसन ब्लुप्रिन्ट कार्यदल’, ‘लिडरशिप एकेडेमी’, संगठन सबलीकरण र प्रशिक्षण अभियानसम्बन्धी विस्तृत प्रतिवेदनहरू प्रस्तुत गरिनेछन्।

    यही प्रसङ्गमा, अघिल्लो बैठकमार्फत राष्ट्रनिर्माणको दीर्घकालीन दृष्टिकोण तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेको नेतृत्वमा सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सम्मिलित ‘ब्लुप्रिन्ट कार्यदल’ गठन गरिएको थियो।

    लिडरशिप एकेडेमी र उम्मेदवार क्लब सञ्चालनको जिम्मेवारी सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई दिइएको छ भने जन यात्रा कार्यक्रमको समन्वयको दायित्व संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पाएका छन्।

    पार्टीको सांगठानिक दिशा र नेतृत्व विकासबारे निर्णायक छलफलको तयारीसँगै यो बैठक रास्वपाको आगामी कार्ययोजना निर्धारणका लागि विशेष महत्त्वको हुने देखिन्छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २८ गतेको राशिफल

    आज असोज २८, २०८२ (अक्टोबर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    तेन्जेन दावा पक्राउ: जेनजी आन्दोलनको होइन, पुरानो भिडियो भएको खुलासा

    काठमाडौं, असोज २७ – काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियोको बारेमा प्रहरी अनुसन्धानले नयाँ...

    राष्ट्र बैंकले गर्यो डिजिटल भुक्तानी प्रणाली सुधारको रोडम्याप सार्वजनिक

    काठमाडौँ, असोज २७ – नेपाल राष्ट्र बैंकले देशको डिजिटल भुक्तानी प्रणालीलाई अझ सुरक्षित, समावेशी र...

    नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह लागू गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं, असोज २७ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सामुदायिक अस्पताल र मेडिकल...

    इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि

    काठमाडौं, असोज २७ – गत वर्ष हमास लडाकु समूहद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी...