News Portal

त्रिभुवन विश्वविद्यालयको सेवा डिजिटल: आजदेखि अनलाइनमार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट उपलब्ध

संगीता गुरुङ
२१६ पटक

काठमाडौँ, वैशाख २ – त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र सेवामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै आजदेखि अनलाइनमार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट उपलब्ध गराउने भएको छ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना प्रकाशित गर्दै वैशाख २ गते बिहान ११ बजेदेखि ट्रान्सक्रिप्ट तथा प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन आवेदन दिन सकिने जनाएको हो।

गत वर्षदेखि अनलाइन सेवा सुरु गरिएको भए पनि प्राविधिक समस्या कारण स्थगित भएको यो सेवा अबदेखि पुनः सुचारु गरिएको हो। सेवा सञ्चालनले विद्यार्थी तथा सेवाग्राहीलाई कार्यालयमै उपस्थित हुनु पर्ने झन्झट हट्नेछ र सेवामा सहजता आउने अपेक्षा गरिएको छ।

विश्वविद्यालय प्रशासनका अनुसार यो प्रणालीले समय र श्रमको बचत गर्नुका साथै पारदर्शिता र प्रभावकारिता पनि बढाउनेछ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...