News Portal

लोकतन्त्र दिवसमा काठमाडौंमा एमालेको युवा शक्ति प्रदर्शन हुने

संगीता गुरुङ
२२१ पटक

काठमाडौं, वैशाख १ — लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले वैशाख ११ गते राजधानी काठमाडौंमा एक लाखभन्दा बढी युवालाई सहभागी गराई शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा हुने यो कार्यक्रम काठमाडौंको भृकुटीमण्डप वा टुँडिखेलमा आयोजना गरिने बताइएको छ।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार, देशभरिबाट युवाहरूलाई राजधानीमा भेला गराई लोकतन्त्र दिवसको उत्सव मनाइनेछ। उनले भने, “देशभरका एक लाख युवा सहभागी हुनेछन्। लोकतन्त्रको उत्सव मनाउनुका साथै उनीहरूलाई सम्मान र अभिव्यक्ति दिने स्पेस पनि हुनेछ।”

उपाध्यक्ष कृष्णहरि केसीका अनुसार, ‘युथ समिट’ नाम दिइएको कार्यक्रममा युवाहरूका एजेन्डा, समस्या र सम्भावनाका विषयमा गम्भीर छलफल हुनेछ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा बोल्दै सम्पूर्ण युवालाई राजधानीको कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। उनले भने, “प्रतिक्रियावादी र अराजकतावादीलाई एमाले र युवा शक्ति कस्तो हुन्छ भन्ने कुरा आफ्नै आँखाले देखिने गरी देखाइनेछ।”

ओलीले कार्यक्रम विचार गोष्ठी नभई युवा शक्ति प्रदर्शनको उत्सव हुने स्पष्ट पारे। उनका अनुसार, यो युवा महोत्सव एमालेको संगठनात्मक ताकत र देशभर फैलिएको युवाको ऊर्जा प्रस्तुत गर्ने माध्यम हुनेछ।

गौरतलब छ, २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनपछि वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ। यही दिन जनदबाबकै कारण तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन अन्त्य गर्दै विघटित संसद पुनःस्थापना गर्ने निर्णय गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...