News Portal

वीरगन्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा अनिश्चितकालसम्म कायम

संगीता गुरुङ
२४२ पटक

पर्सा, वैशाख १ — वीरगन्जमा हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा उत्पन्न तनावपछिको कर्फ्यू आदेश हटाइएको छ। शनिबार बेलुकीदेखि आइतबार राति १२ बजेसम्म लागू गरिएको कर्फ्यू अब हटाइएको भए पनि स्थिति पूर्ण रूपमा सामान्य नहुँदा स्थानीय प्रशासनले सोमबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएपछि कर्फ्यू जारी राख्नुपर्ने अवस्था नरहेको ठहर गरिएको थियो। तर, शान्ति सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा भने जारी गरिएको हो।

निषेधाज्ञाको क्षेत्र तोकिँदा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्र समेटिएको छ। यस क्षेत्रमा कुनै पनि सभा, जुलुस, र्‍याली वा भेला गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

शोभायात्राका क्रममा भएको झडपपछि उत्पन्न तनावलाई साम्य पार्न आइतबार साँझ बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति गरिएको थियो। सहमतिको अनुसार घटनामा संलग्न दोषीहरूलाई बैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्न, धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ।

उक्त सहमतिमा जिल्लाका सबै प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू, हिन्दु र मुस्लिम समुदायका अगुवा तथा सरोकारवालाहरूले हस्ताक्षर गरेका थिए।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...