News Portal

नयाँ वर्षसँगै नयाँ सरकारको संकेत, प्रचण्डको टिप्पणीले राजनीतिक तरंग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको सुरुवातसँगै देशमा सत्तासम्बन्धी महत्वपूर्ण परिवर्तन हुन सक्ने संकेत दिएका छन्।

संगीता गुरुङ
२७१ पटक

चितवन, चैत्र ३१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षको सुरुवातसँगै देशमा सत्तासम्बन्धी महत्वपूर्ण परिवर्तन हुन सक्ने संकेत दिएका छन्। आज आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो समय देखिएका राजनीतिक उतारचढावलाई आधार बनाएर यस्तो सम्भावनाको इङ्गित गरेका हुन्।

उनले हालको सरकार टिक्न गाह्रो भइरहेकाले नयाँ विकल्पहरूको ढोका खुलेको बताउँदै भने, “स्थिति यस्तो बन्दै गएको छ कि वर्तमान सरकारका लागि लामो समयसम्म टिकिरहन सहज छैन। त्यसैले कुनै पनि सम्भावना नकार्न मिल्दैन।”

प्रचण्डले जनतामाझ सरकारप्रतिको असन्तुष्टि तीव्र हुँदै गएको उल्लेख गर्दै, सरकारका भागीदार दलहरू समेत सडकमै झर्ने अवस्थामा पुगेको धारणा राखे। “नयाँ वर्षले देशलाई केही न केही निकास दिने विश्वास छ,” उनले थपे।

केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा उनले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने संकेत गरेका थिए। सोही विषयमा सञ्चारकर्मीहरूले थप जानकारी माग्दा उनले धेरै नबोल्न आग्रह गरे। “पछिल्ला घटनाक्रमहरू नयाँ छन्, केही नयाँ अनुभवका आधारमा मैले कुरा राखेको हुँ,” प्रचण्डको भनाइ थियो।

उनले सुरु देखिनै ठूलो दलको नेतृत्वमा सरकार बन्ने कुरामा विश्वास राखेको भन्दै अहिलेको परिदृश्यले पनि देश त्यही दिशातिर अघि बढ्ने अनुमान गरे।

उनको यो अभिव्यक्तिले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाली राजनीतिक वृत्तमा फेरि एक पटक सत्ता समीकरणबारे व्यापक बहसको वातावरण तयार पारेको छ।

 

प्रतिकृया दिनुहोस्

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...