News Portal

दुर्गा प्रसाईं आज साढे ११ बजे काठमाडौं ल्याइँदै, संगठित अपराध र राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुने

संगीता गुरुङ
१६३ पटक

काठमाडौं, चैत्र २९ – राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलनमा सक्रिय रहेका दुर्गा प्रसाईंलाई आज शुक्रबार साढे ११ बजे झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइँदैछ। उनलाई बुद्ध एयरको नियमित उडानमार्फत राजधानी पठाउने तयारी गरिएको हो।

नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली प्रसाईंको खोजीमा भारतको आसाम पुगेर उनलाई बिहीबार फेला पारेको थियो। यद्यपि, प्रसाईं पक्षले भने उनले स्वेच्छाले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको दाबी गर्दै आएको छ।

प्रसाईंलाई ल्याउने तयारीसँगै काँकडभिट्टा नाकामा सुरक्षा कडा पारिएको छ। उनका परिवारका सदस्य तथा केही समर्थकहरू पनि नाकामा पुगेका छन्।

चैत्र १५ गते काठमाडौंको तीनकुनेमा संयुक्त जनआन्दोलन परिचालन समितिद्वारा आयोजित प्रदर्शनमा नेतृत्वदायी भूमिका खेलेका प्रसाईं त्यस क्रममा हिंसात्मक झडप भएको घटनामा मुछिएका छन्। उक्त प्रदर्शनमा दुई जनाको मृत्यु हुनुका साथै सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो।

त्यसपश्चात् एक प्रहरी गाडीलाई ठक्कर दिँदै फरार भएका प्रसाईंको खोजीमा प्रहरी देशका विभिन्न नाकामा परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा उनी भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजमा पुगेको पत्ता लागेको थियो। त्यसपछि उनी भारततर्फ भागेका थिए।

अब काठमाडौं ल्याइएपछि उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको षड्यन्त्र, सार्वजनिक अशान्ति तथा ज्यान मार्ने उद्योग जस्ता गम्भीर मुद्दामा अनुसन्धान अघि बढाइने प्रहरी तयारीमा रहेको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...