News Portal

दुर्गा प्रसाईं आज साढे ११ बजे काठमाडौं ल्याइँदै, संगठित अपराध र राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुने

संगीता गुरुङ
२०६ पटक

काठमाडौं, चैत्र २९ – राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलनमा सक्रिय रहेका दुर्गा प्रसाईंलाई आज शुक्रबार साढे ११ बजे झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइँदैछ। उनलाई बुद्ध एयरको नियमित उडानमार्फत राजधानी पठाउने तयारी गरिएको हो।

नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली प्रसाईंको खोजीमा भारतको आसाम पुगेर उनलाई बिहीबार फेला पारेको थियो। यद्यपि, प्रसाईं पक्षले भने उनले स्वेच्छाले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको दाबी गर्दै आएको छ।

प्रसाईंलाई ल्याउने तयारीसँगै काँकडभिट्टा नाकामा सुरक्षा कडा पारिएको छ। उनका परिवारका सदस्य तथा केही समर्थकहरू पनि नाकामा पुगेका छन्।

चैत्र १५ गते काठमाडौंको तीनकुनेमा संयुक्त जनआन्दोलन परिचालन समितिद्वारा आयोजित प्रदर्शनमा नेतृत्वदायी भूमिका खेलेका प्रसाईं त्यस क्रममा हिंसात्मक झडप भएको घटनामा मुछिएका छन्। उक्त प्रदर्शनमा दुई जनाको मृत्यु हुनुका साथै सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो।

त्यसपश्चात् एक प्रहरी गाडीलाई ठक्कर दिँदै फरार भएका प्रसाईंको खोजीमा प्रहरी देशका विभिन्न नाकामा परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा उनी भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजमा पुगेको पत्ता लागेको थियो। त्यसपछि उनी भारततर्फ भागेका थिए।

अब काठमाडौं ल्याइएपछि उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको षड्यन्त्र, सार्वजनिक अशान्ति तथा ज्यान मार्ने उद्योग जस्ता गम्भीर मुद्दामा अनुसन्धान अघि बढाइने प्रहरी तयारीमा रहेको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...