News Portal

गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

नेपाली सेनाले गोरखा दरबारदेखि जीतगढीसम्मको ऐतिहासिक एकीकरण मार्गमा तेस्रो संस्करणको पदयात्रा सुरु गरेको छ।

संगीता गुरुङ
१८५ पटक

चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण सुरु गरेको छ। गोरखा दरबारको हनुमान भन्ज्याङबाट बिहीबार बिहान सुरु भएको पदयात्रामा रिपुमर्दन गणका ४८ जना सेनाको टोली सहभागी भएको छ।

बिदाइ कार्यक्रममा सहभागी टोलीलाई टर्च लाइट र तत्कालीन राजा पृथ्वीनारायण शाहद्वारा स्थापना गरिएका पाँच ऐतिहासिक पल्टन — पुरानो गोरख, कालीबक्स, बर्दवाणी, सवुज र श्रीनाथ — का झन्डा हस्तान्तरण गरिएको थियो। गणपति अशोककुमार क्षेत्रीका अनुसार, पदयात्रामा यी झन्डा विशेष रूपमा साथ राखिनेछ।

बिदाइ समारोहमा पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकर सिंह कार्की, श्री नं. ३ बाहिनीपति सहायकरथी नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, र प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल लगायतका विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।

यो पदयात्रा गोरखाबाट सुरु भई पालुङटारको सतिघाट, तनहुँ, पाल्पा हुँदै रुपन्देहीस्थित जीतगढीमा पुगेर सम्पन्न हुनेछ। यात्रा क्रममा गोरखा टोलीले तनहुँलाई टर्च र झन्डा हस्तान्तरण गर्नेछ, त्यसपछि तनहुँले पाल्पालाई, र पाल्पाले रुपन्देहीलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ।

कुल २०७ किलोमिटरको दूरी आठ दिनभित्र तय गरी ६ वैशाखमा जीतगढी पुग्ने तयारी गरिएको छ। ७ वैशाखमा नेपालले ब्रिटिस इस्ट इन्डिया कम्पनीविरुद्ध विजय हासिल गरेको ऐतिहासिक दिनलाई विजय उत्सवको रूपमा मनाइने परम्परा अनुसार, सो उत्सवमा सेनाको टोली सहभागी हुनेछ।

यो पदयात्राको मूल उद्देश्य ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण गर्दै नेपालको गौरवपूर्ण इतिहासलाई जगेर्ना गर्नु हो। साथै, यस अभियानले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...