News Portal

गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

नेपाली सेनाले गोरखा दरबारदेखि जीतगढीसम्मको ऐतिहासिक एकीकरण मार्गमा तेस्रो संस्करणको पदयात्रा सुरु गरेको छ।

संगीता गुरुङ
२१९ पटक

चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण सुरु गरेको छ। गोरखा दरबारको हनुमान भन्ज्याङबाट बिहीबार बिहान सुरु भएको पदयात्रामा रिपुमर्दन गणका ४८ जना सेनाको टोली सहभागी भएको छ।

बिदाइ कार्यक्रममा सहभागी टोलीलाई टर्च लाइट र तत्कालीन राजा पृथ्वीनारायण शाहद्वारा स्थापना गरिएका पाँच ऐतिहासिक पल्टन — पुरानो गोरख, कालीबक्स, बर्दवाणी, सवुज र श्रीनाथ — का झन्डा हस्तान्तरण गरिएको थियो। गणपति अशोककुमार क्षेत्रीका अनुसार, पदयात्रामा यी झन्डा विशेष रूपमा साथ राखिनेछ।

बिदाइ समारोहमा पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकर सिंह कार्की, श्री नं. ३ बाहिनीपति सहायकरथी नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, र प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल लगायतका विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।

यो पदयात्रा गोरखाबाट सुरु भई पालुङटारको सतिघाट, तनहुँ, पाल्पा हुँदै रुपन्देहीस्थित जीतगढीमा पुगेर सम्पन्न हुनेछ। यात्रा क्रममा गोरखा टोलीले तनहुँलाई टर्च र झन्डा हस्तान्तरण गर्नेछ, त्यसपछि तनहुँले पाल्पालाई, र पाल्पाले रुपन्देहीलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ।

कुल २०७ किलोमिटरको दूरी आठ दिनभित्र तय गरी ६ वैशाखमा जीतगढी पुग्ने तयारी गरिएको छ। ७ वैशाखमा नेपालले ब्रिटिस इस्ट इन्डिया कम्पनीविरुद्ध विजय हासिल गरेको ऐतिहासिक दिनलाई विजय उत्सवको रूपमा मनाइने परम्परा अनुसार, सो उत्सवमा सेनाको टोली सहभागी हुनेछ।

यो पदयात्राको मूल उद्देश्य ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण गर्दै नेपालको गौरवपूर्ण इतिहासलाई जगेर्ना गर्नु हो। साथै, यस अभियानले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...